18 January 2018|   बिहिबार, माघ ४, २०७४

माओवादी नेताहरु माथि यक्ष प्रश्न ?

        अटल आचार्य   |   प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     10:05:13 PM  | 441 पटक पढिएको   |  

अह ! हैन, नमस्कार ! खुसी छु । हजुरहरुको विजयको दिन छिटै आउँदै छ । आशा धेरै अनि विश्वास निकै कम छ । हजुरहरुका विगत कोट्याउँदा, जनताले खासै अपनत्व ग्रहण गरेका छैनन् । किनकी युद्धका डोबहरु अझै बाँकिछ्न् । हजुरहरुका व्यवहार र पारिवारिक स्वार्थ पूर्तिका लागि त तपाईंहरुलाई रोक्न सक्ने अझ भनु सम्झाउन सक्ने तागत दुनियाँमा कसैसँग छैन । हो तपाईं वरिष्ठ नै हुन्हुन्छ । किनकी जनताको अभिमत जित्दै हुनुहुन्छ ।

तर, कमरेड तपाईंहरुले भोट् माग्न जादा हिजो तपाईंलाई बचाउँनकै लागि छात्तिमा गोली थापेको योद्धाको आमाको सम्बोधन गर्न त बिर्सनु भयन ? तपाईंलाई भेट्दा युद्धमा सहादत प्राप्त गरेको छोरा झैं सम्झिने आमाले तपाईं संग भेट्ने समय नपाएर रुदै फर्केको हजुरका वरपरका मान्छेले देखेकी देखेनन ?

कमरेड देश परिवर्तनका लागि हिजो लडेका पुर्व जनसेनाका सिपाहीहरु अझैसम्म आफन्तको पत्ता नपायका बेपत्ता योद्धा परिवारका शरीरमा गोलिका छर्रा बोकेका घाइतेहरु अनि परिवारका सदस्य गुमाएका शहीद परिवारलाई सम्झिनु भो ? यात सँगै हिडेका गठबन्धनका अरु नेताको डर लागेर सम्बोधन नै गर्न उचित ठान्नु भएन ?

कतै पञ्चे शैलीमा उदारा कुरा अनि शीरको टोपी झाँरेर कसैको खुट्टामा त चडाउँनु भयन नी ? हजुरलाइ बचाउँनकै लागि पछ्यौरीमा रोटी बेरेर जङ्गल र झाडी तिर तपाईंलाई खोज्दै जाने आमा दिदीहरु र तपाईंलाई रोटी दिएकै कारन बन्दुकका कुन्दा र मुखियाका बुट भेटेका हजुरबा काकाहरु अनि तपाइलार्इ नायक बनाउँदै घरबार छोडेका हजारौ कार्यकर्ताको अवस्थाको बारेमा पक्कै पनि हजुरहरु जानकार हुनुहुन्छ ।

कमरेड देशको ब्यवस्था परिवर्तन गर्नु भो ? धन्यवाद ! छ, विन्ती अब जनताको अवस्था परिवर्तन तिर लाग्नुस् । हजुरका छेउछाउका मान्छेले जति घमण्ड प्रदर्शन गरेनी हेर्न र सहन सक्ने सामर्थ्य हामीसँग छ । हामीलाई अरु केही चाहिदैन, मात्र माओवादको खिल्ली नउडाइदिए पुग्छ ।

-लेखकः अटल आचार्य, अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कार्य समिति जाजरकोटका अध्यक्ष हुन् ।

Leave a comment

Your email address will not be published.


*