20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

प्रेमका प्रेमिल गजलः मन बुझ्दैन तस्वीर अगाडि राखेर…….

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४     6:13:31 PM  | 177 पटक पढिएको   |  

१. गजल

अमृत लुकायौ पिउनलाई, जहर आएन ।
तिमीलाई माया गर्छु भन्ने अवसर आएन ।

पीडा यतिसम्म बुझिनसक्नु छ के सुनाउनु,
ओरालो लाग्यो जिन्दगी तर समथर आएन ।

अब यी गरिबहरु भोक भोकै मर्नेछन् पक्कै,
खेत मासेर बनाको सड्कमा मोटर आएन ।

वर्षौ भएछ प्यारा तिमी प्रदेश गएको पनि,
आमाको अन्तिम सससम्म खबर आएन ।

कुर्न सक्थे तिमीलाई,मैले अधिक कुर्न सक्थे,
आएन तिमीबाट पनि गतिलो भर आएन ।

२. गजल

जसरी कालो बादल मडारिदा झरी आउँछ ।
तिम्रो याद पनि त त्यसरी घरीघरी आउँछ ।

यो प्रकृति पनि मेरो देशको सरकार जस्तै,
कहिले भुकम्प, कहिले बाढि मनपरि आउँछ ।

मान्छे मर्छ र भुत बनेर आउँछूआमा भन्थिन,
त्यो मरेको मान्छे भुत बनेर कसरी आउँछ ?

कसरी आँशु रोक भन्नू विचरा अवलालाई,
जब प्रदेशबाट पति बाकस भरी आउँछ ।

दिउँसोमा कहिल्यै तारा देखिदैन घरबाट,
गरिवलाई यो रात पनि विचार नगरी आउँछ ।

तिमी जे जतिसुकै गर म माया गरिरहन्छु,
तर तर्साउन नखोज भनेर प्रहरी आउँछ ।

३. गजल

दुःख सहेर,खुसी तिम्रा लागि राखेर ।
हरपल आफैलाई अभागी राखेर ।

मेरी आमा पनि त यसरी बाँचेकी छिन्,
श्रीमान बन्धक,छोरालाई खाडी राखेर ।

अब भमराले बहुत तड्पिनुपर्छ,
फूल गएको छ बासना बाँकी राखेर ।

तिमी स्वयं आउनुपर्छ प्यारी भन्छिन्,
मन बुझ्दैन तस्वीर अगाडि राखेर ।

भयो मेरा लागि के गर्न सक्छौं नसोध,
मर्न तयार छु अचानोमा घाँटी राखेर ।

-युवा गजलकारः प्रेम संगम
-ठेगानाः रुकुम
-हालः जिल्ला कृषि विकास कार्यालय दैलेखमा नायब सुब्बा छन् ।

Leave a comment

Your email address will not be published.


*