23 June 2018|   शनिबार, असार ९, २०७५

यु १९ एसिया कप क्रिकेटः नेपाल VS अफगानिस्तान, हेर्नुहोस् (LIVE )

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४     9:51:25 AM  | 118 पटक पढिएको   |  

लेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अफगानिस्तानका बलरसामू निरिह बने । निर्धारित ५० ओभरको खेलमा नेपालले ३० ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि अनिलकुमार साहबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर बनाउन सकेनन् । साहले ५७ बल खेल्दै ५१ रन पुरा गरे । उनले ७ चौका १ छक्का प्रहार गरे ।

कमजोर सुरुवात गरेको नेपालका लागि जितेन्द्र सिंह १ रनमा आउट भएका थिए भने आशिफ शेख शून्य, दीपेन्द्र सिंह ऐरी ६ रन, रोहितकुमार पौडेल ४, भीम सार्की ६ रन बनाएर आउट भए ।  पवन सरार्फले ८ रन बनाउँदा कमल सिंह ऐरी र किशोर महतो शून्यमा आउट भए ।

सन्दिप लामिछानेले केही टिकेर खेलेको खेलमा ७ रन बनाएर रन आउट भए भने साहब आलमले समान७ रन बनाए । अफगानिस्तानका लागि मुजिब रहमानले सर्वाधिक ६ विकेट लिए । अहमद कमाले २ विकेट लिए ।

यु १९ एसिया कप क्रिकेटः नेपाल VS अफगानिस्तान, हेर्नुहोस् (LIVE )

Leave a comment

Your email address will not be published.


*