गृहको हन्टिङ लाइनः गर्नुस् गुनासो, कस्तो रह्यो गृह मन्त्रीको पहिलो कल सम्बाद ?
स्थानः गृह मन्त्रालय । समयः बिहानको ११ बजेर ३० मिनेट । फोनमा छन् गृह मन्त्री ।
हेलो ! हेलो !! हेलो !!!
महतजी भन्नुहोस् म गृहमन्त्री बोल्दै छु ।
उताबाट जवाफ आएको सुनिँदै थियो ।
गृह मन्त्रीः प्रश्न होइन गुनासो राख्नुहोस् ।
महतः हाम्रो ठाउँमा सरकारी गाडीको दुरुपयोग एकदमै बढेर गएको छ ।
गृह मन्त्रीः तपाईँले यी कुरा स्थानीय प्रशासनलाई भन्नुभयो ?
महतको जवाफ खासै बुझिएन ।
गृह मन्त्रीः अरु समस्या के छन् भन्नुहोस् ?
महतः विकास निर्माणको नाममा भष्टाचार एकदमै बढेर गएको छ ।
गृह मन्त्रीः कसरी थाहा भयो भष्टाचार भयो भनेर ?
महतः हुँदै नभएको काममा कागज बनाएर पैसा खाइन्छ ।
गृह मन्त्रीः कति समय भयो ?
महतः ५ देखि ६ दिन अगाडि । स्थानीय तहमा सिनियर कर्मचारीलाई जुनियर र जुनियरलाई सिनियर बनाएर लगिएको छ ।
गृह मन्त्रीः म तत्काल नै यो विषयमा छानविन गर्छु । यस्ता समस्या भए सम्पर्क गर्दै गर्नु होला ।
गृह मन्त्रीले आफ्ना सहयोगीलाई भने, जुम्लाको सिडियोलाई फोन लगाउनु होला ।
गृह मन्त्रीका सहयोगीले तत्काल फोन लगाए ।
गृह मन्त्रीः सिडियो साुब नम्कार। म गृह मन्त्री मन्त्रालयको टोल फ्री नम्बरबाट बोल्दै छु ।
तपाईँको जिल्लामा सरकारी गाडीको दुरुपयोग भएको, विकास निर्माणमा भष्टाचार भएको र कर्मचारी बढुवा हचुवाको भरमा भएको भन्ने गुनासो आएको छ । तत्काल छानविन गर्नुहोला । धन्यवाद ।
माथिको सम्वाद सोमवारबाट गृहमन्त्रालयले जनताको गुनासो, जानकारी सुन्नको लागि संचालनमा ल्याएको टोली फ्री नम्बरबाट भएको कुराकानी हो । मन्त्रालयको टोल फ्री नम्बर ११२ मा सर्वसाधारणले सिधै आफ्नो गुनासो र जानकारी टिपाउन सक्छन् ।
Leave a comment