20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

गाउँपालिकाका अध्यक्षले लाखौ रकम झ्वाम पारेको आरोपमा विद्यालयमा ताला झुण्डियो

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४     9:22:07 AM  | 16090 पटक पढिएको   |  

जाजरकोट – जन प्रतिनिधीले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका -६ का स्थानीय ईन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबार देखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताए।

विद्यालयमा तालाबन्दी गदैँ तत्कालिन प्रधानाध्यापक तथा हालका शिवालय गाउपालिकाका अध्यक्ष नरेन्द्र शाही माथि लाखै रकम अनियमितता गरेको आरोप लगाएको छ । २०६८/६९ सालमा साविकको गाउँविकास समिति थालारैकरबाट उच्च मावि सञ्चालनका लागि ल्याईएको रु १२ लाख ९७ हजार उच्च मावि सञ्चालन नगरि अनियमितता भएको आरोप लगाएको छ । त्यस्तै २०७२/७३ मा सांसद रिता रावलले सांसद विकास कोष मार्फत उपलब्ध गराएको रु १ लाख ७२ हजार रुपैयाँ फर्निचर निर्माण नगरि हिनामिना भएको आरोप लगाएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्धारा उपलब्ध गराएको रु १० लाख रुपैयाँको काम नगरि अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

२०७३/७४ मा गाविसबाट विद्यालयको भवन निर्माणका लागि ल्याएको रु ३ लाख रकम काम नगरि झ्वाम पारेको, २०७१ साल देखि अहिले सम्म प्रतिविद्यार्थी रु ३ हजारका दरले प्रमाणपत्र लिए बाफत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाएको छ । विद्यालयका तत्कालिन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमबहादुर खत्रीलाई खाता,हिसाब अहिले सम्म उपलब्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालावन्दी गर्नुको कारण जिल्ला प्रशाषण कार्यालय, शिक्षा कार्यालय समेत जानकारी गराएको र सबै कुराको हिसाब नहुन्जेल सम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक कृष्णवहादुर शाहीले बताए ।

धेरै पटक हिसाब माग्दा मतलब नगर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको शाहीले बताए । चुनाव हारेको भरमा म माथी आरोप लगाएको अध्यक्ष नरेन्द्र शाहीले बताए । केही काम बाँकी काम हुँदै गरेको उनले बताए ।

Leave a comment

Your email address will not be published.


*