20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

गगन थापा भन्छन्ः सरकार फेरिए पनि म कुलमान नफेर्ने पक्षमा छु

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, माघ १७, २०७३     4:56:23 PM  | 235 पटक पढिएको   |  

कुलमान घिसिङ

काठमाडाैंः स्वास्थ्य मन्त्री गगनकुमार थापाले लोडसेडिङ हटाएर प्रशंसा पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार फेरिए पनि जिम्मेवारी दिइनुपर्ने बताएका छन्। पोखरामा भएको लिटरेचर फेस्टिभलको ‘चाँदीको घेरा’ विषयक छलफलमा बोल्दै मन्त्री थापाले घिसिङको कामको प्रशंसा पनि गरे।

‘म उहाँलाई चार/पाँच वर्षअघिदेखि चिन्छु,’ मन्त्री थापाले भने, ‘उहाँ एक ढंगले मेरो गुरु पनि हो। व्यक्तिगत रुपमा मेरो उहाँलाई साथ छ।’

निर्देशक घिसिङले आफूले कम्तीमा पाँच वर्ष काम गर्न पाए नेपालबाट लोडसेडिङ सम्पूर्ण रुपमा हटाउन सक्ने योजना सुनाएका थिए।

‘कुलामानजीलाई पाँच वर्षको समय चाहिएको छ, तपाईंहरु सरकार फेरियो वा उर्जामन्त्रालय तपाईंहरुको जिम्मामा आयो भने उहाँलाई जिम्मा दिनुहुन्छ कि हुँदैन?’ पत्रकार अमित ढकालले मन्त्री थापालाई प्रश्न गरेका थिए।

पत्रकार अमित ढकालको प्रस्तुति रहेको उक्त बहसमा निर्देशक घिसिङ र मन्त्री थापा वक्ता थिए।

साभारः नेपाल खबर

Leave a comment

Your email address will not be published.


*