21 November 2018|   बुधबार, मंसिर ५, २०७५

प्लाष्टिक, रबर एवं काँच उत्पादनमा प्रतिबन्दः जिसस प्रमुख रावल

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २२, २०७५     2:21:34 PM  | 289 पटक पढिएको   |  

जाजरकोट – प्लाष्टिक, रबर एवं काँच जस्ता पदार्थहरु उत्पादनमा पूर्णरुपमा प्रतिबन्द लगाउँनु पर्ने जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले बताएका छन् ।

‘प्लाष्टिक प्रदूषण निमुल पारौं, पुनः प्रयोग गर्न नसक्ने बहिष्कार गरौं ।’ भन्ने मुल नाराकासाथ जिल्ला वन कार्यालय र सुआहाराले मंगलबार भेरी नगरपालिका -१ कालेगाउँ, जाजरकोटमा आयोजना गरेको ४६ औं विश्व वातावरण दिवसका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रावलले यस्तो बताएका हुन् ।

वातावरणलाई स्वच्छ, हराभरा एवं सुन्दर बनाउँन रुख मात्र रोपेर सम्भव नहुने भएकोले जसका लागि आम नागरिकले प्लाष्टिक, रबर एवं काँच प्रयोग नगर्न आग्रह गरेका छन् । यी यस्ता सामाग्रीहरु उत्पादनमा पनि पूर्णरुपमा रोक लगाईनु पर्ने बताए ।

यसका लागि प्लाष्टिक, रबर एवं काँच उत्पादन कम्पनीहरु नै बन्द गरिनु पर्ने उनको आग्रह छ । केन्द्र, प्रदेश र स्थानीय तहसम्म यसको रोकथामका लागि उत्पादन कम्पनी नै बन्द गरिदिए आम नागरिकले विभिन्न रोगबाट ग्रसित हुनबाट बञ्चित हुने प्रमुख रावलको दाबी छ ।

त्यसैगरी प्लाष्टिक, रबर एवं काँचको उच्च प्रयोगले वातावरणमा पत्यक्ष असर पर्ने गरेको छ । प्लाष्टिक, रबर एवं काँच पेट्रोलियम वा प्राकृतिक जस्ता अनवीकरणीय उर्जाका स्रोतबाट निमार्ण हुन्छन् । र, प्लाष्टिक, रबर एवं काँच जैविक रुपमा नष्ट हुन धेरै समय लाग्ने भएकोले यसले गर्दा कृषि उत्पादनमा ह्रास ल्याउनुको साथै जमिन मुनीको पानीलाई समेत प्रदुषित पार्ने गर्दछ । प्लाष्टिक, रबर एवं काँचलाई जथाभावी फालियो भने सर्बप्रथम माटोमा खतराजन्य पदार्थ छोडन पुग्छ र जुन पदार्थले जमिनमुनीको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सबै प्राणीलाई घातक असर परिरहेको हुन्छ ।

त्यसैले यी र यस्ता पदार्थ प्रयोग नगर्न जिसस प्रमुख रावलको आग्रह छ । त्यसकासाथै उक्त कार्यक्रममा कालेगाउँ नजिकै बरगरमा वृक्षा रोपन गरिएको छ ।

Leave a comment

Your email address will not be published.


*