20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

युवा पुस्ताको मीठो व्यञ्जन हो, ‘गजल’- गजल सम्राट ज्ञानुवाकर पौडेल

          |   प्रकाशित मितिः बुधबार, बैशाख २६, २०७५     7:05:07 PM  | 127 पटक पढिएको   |  

नरेश राना मगर, काठमाण्डौँ – नेपाली गजल साहित्यका धरोहर एवं गजल सम्राट ज्ञानुवाकर पौडेलले युवा पुस्ताका लागि मीठो व्यञ्जन ‘गजल’ साहित्य भएको बताएका छन् । साहित्यका अन्य विद्याको तुलनामा गजल साहित्यको साधना र सिर्जनामा युवा पुस्ताको बढ्दो मोहका कारण गजल मीठो व्यञ्जन बन्न पुगेको गजल सम्राट पौडेलले बताएका हुन् ।

बुधबार प्राज्ञिक विद्यार्थी परिषद नेपालले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना गरेको कला, साहित्य एवं सांस्कृतिक कार्यक्रममा गजल सम्राट ज्ञानुवाकर पौडेलले उक्त कुरा बताए ।

कला, साहित्य र सांस्कृतिको उन्नयन र विकासका लागि २०५२ सालमा स्थापना गरिएको उक्त परिषदले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन गर्न आउने र अध्ययनरत विद्यार्थीहरुका लागि साहित्यका जुनसुकै विद्यामा कलम चलाउनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको प्राज्ञिक विद्यार्थी परिषद, नेपालका संयोजक रुपेशसिंह बोहराले ई–खबर अनलाइनलाई बताए ।

त्यस्तै कला, साहित्य तथा सांस्कृतिक कार्यक्रममा गजल सम्राट ज्ञानुवाकर पौडेल, नारी स्रष्टा रेणु थापा, युवा गजलकार कमल संघर्ष, गीतकार एवं गजलकार दिग्गज धौराली, सविता लामिछाने, हेमराज थापा लगाएतका थुप्रै नवसिर्जनशिल साहित्यकार, गजलकारहरुले आफ्ना रचाना वाचन गरेका छन् ।

त्यसैगरी उक्त कार्यक्रममा लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि आफ्ना गीत, संगीत प्रस्तुत गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*