23 June 2018|   शनिबार, असार ९, २०७५

१४ वर्ष उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना

        नवराज शाही   |   प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५     10:13:33 AM  | 204 पटक पढिएको   |  

जाजरकोट – नेपाल सरकारको भर्ना अभियान देशैभर सञ्चालन भईरहेको बेला सामुदायिक अध्ययन केन्द्र जाजरकोले पनि विद्यार्थी भर्ना अभियानलाई तीब्रता दिएको छ । १४ वर्ष उमेर समुहका बालबालिकाहरुलाई समयमै विद्यालयमा भर्ना गर्ने उद्देश्यका साथ उक्त अध्ययन केन्द्रले विद्यार्थी भर्ना अभियानलाई तीब्रता दिएको हो ।

‘एक बच्चाको भर्ना मेरो सामुदायिक दायित्व, पहुँचमा सुनिश्चितता सिकाईमा स्थायित्व’ भन्ने मुल नाराका साथ कुशे गाउँपालिका वडा नम्बर ५, ६, ७, ८, ९ का घर-घरमा पुगेर जन्मेदेखि १४ वर्ष उमेर समुहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका लागि अभिभावकसँग आग्रह गरेको सामुदायिक अध्ययन केन्द्र जाजरकोटले जनाएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५, ६, ७, ८, ९  का विद्यालयमा पुगेर सामुदायिक अध्ययन केन्द्रले यो अभियानलाई पारदर्शिता र तीब्रता दिएको उक्त अध्ययन केन्द्रका अध्यक्ष चित्रबहादुर शाहीले बताए । अध्यक्ष शाहीकाअनुसार यस गाविसका प्रत्येक घरका अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय भर्ना हुनबाट बञ्चित गर्न नहुने समेत बताए ।

त्यस्तै जिल्ला शिक्षा समन्वय जाजरकोटका शाखा अधिकृत मानबहादुर गिरीले ढिमे गाविसमा रहेका बालबालिका कोही पनि विद्यालय जान र पढ्नबाट बञ्चित नहुन आग्रह गरेका छन् । प्रत्येक बालबालिकाले विद्यालय जान र पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकोले त्यो अधिकारबाट बञ्चित हुन नदिन सम्पूर्ण अभिभावकहरुलाई समेत जानकारी गराएका छन् ।

Leave a comment

Your email address will not be published.


*