23 June 2018|   शनिबार, असार ९, २०७५

सेमेस्टार शैक्षिक प्रणाली व्यवहारिक र वैज्ञानिक हुनुपर्छः मन्त्री बस्नेत

          |   प्रकाशित मितिः आइतवार, बैशाख १६, २०७५     8:31:27 PM  | 126 पटक पढिएको   |  

नरेश राना, काठमाण्डौँ – त्रिभुवन विश्वविद्यालय सँग सम्बद्ध देशैभरका विश्वविद्यालयमा लागु गरिएको सेमेस्टार एवं शैक्षिक प्रणाली व्यवहारिक र वैज्ञानिक हुनुपर्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाण्डौँमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को ऐतिहासिक छैटौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

हिजोको जस्तो कोरा एवं सैद्धान्तिक ज्ञान विद्यार्थीहरुलाई रटाएर बाठो बनाउँने तर व्यवहारिक र वैज्ञानिक बन्नमा टेवा नपुर्याउँने सेमेस्टार शैक्षिक प्रणालीमा देखियो भने त्यो शिक्षा यस युगको अभिषाप भन्ने दाबी गरे । त्यसैले सेमेस्टार प्रणाली विद्यार्थीहरुका लागि अत्यन्त व्यवहारिक र वैज्ञानिक हुनुपर्ने मन्त्री बस्नेतले बताए ।

त्रिभुवन विश्वविद्यालयमा २०७१ सालमा सेमेस्टार प्रणाली लागु गरिएता पनि यसै वर्षदेखि देशैंभरका विश्वविद्यालयहरुमा पनि यो प्रणाली लागु गरिएको छ । यो प्रणाली लागु गरिएसँगै विद्यार्थीहरुमा अध्ययन गर्नुपर्ने मनस्थिति सिर्जना भएको समेत बताए ।

मन्त्री बस्नेतले भने, ‘विश्वविद्यालयको स्नातकोत्तर तहमा लागु गरिएको सेमेस्टार प्रणाली विश्वकै विशिष्ट शैक्षिक प्रणाली हो ।’ विश्वका हरेक शैक्षिक संस्थामा सेमेटार प्रणाली अध्ययन गरेका विद्यार्थी नै ती शैक्षिक संस्थाका भागेदार हुने उनको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*