23 June 2018|   शनिबार, असार ९, २०७५

चर्चित गायक रामजी खाँडलाई गायिका लीलाले किन धोका दिईन ? (भिडियो सहित)

          |   प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५     5:56:51 PM  | 333 पटक पढिएको   |  

नरेश राना मगर – पछिल्लो समय वियोगान्तका गीतहरु जस्तो अवस्थामा पनि व्याप्त सुन्ने र हेर्ने गरेको पाईन्छ । त्यस्तै गीताका अनुसार प्राचिन कालमा भगवान कृष्णलाई राधाको याद आउँदा कृष्ण वैराग्य मनले भावनमा बहकिएर बाँसुरी मार्फत आफ्ना गीत, संगीत सखी, सयलीहरुलाई सुनाएर मन हलुंगो पार्ने गर्दथे ।

त्यस्तै चर्चित गायक रामजी खाँडलाई गायिका लीला दर्लामी मगरले धोका दिए पनि नदिए पनि गीत, संगीत मार्फत भने धोका दिएको सहजै महशुस गर्न सकिन्छ । यद्यपि यो गीतको भाव काल्पनिक भए पनि हेर्दा यात सुन्दा वियोगान्त अनि विक्षिप्त भावले भरिपूर्ण छ ।

झट्ट हेर्दा र सुन्दा टक्क मन नअडिए पनि विस्तारै हेर्दै, सुन्दै जादा पूरै ध्यानाकर्षण यो गीतले गर्ने गर्दछ । गायक, गायिकाको वास्तविक जीवनमा मेल खाए पनि नखाए पनि संयोगले यो गीत कतै हेरियो यात सुनियो भने आफ्नै जीवनको भोगाई र तीतो यथार्थ लाग्ने गर्दछ ।

हेर्दा गायिका लीला दर्लामी मगर सुन्दरी, शिष्ट, शालीन र गम्भीर स्वभावकि छिन् । भने, सबैलाई समान व्यवहार गर्ने, समान हैशियतले हेर्ने र मीठो बोल्ने गर्छिन् । त्यतिमात्रै हैन उनी पढ्नमा पनि अब्बल छिन् । नेपाली साहित्यमा उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाण्डौंबाट केही वर्षमै एमएड गर्दै छिन् ।

५ नम्बर प्रदेशको बर्दिया जिल्लामा जन्मिएकि गायिका दर्लामीको कोकिल कण्ठमा सजिएको सांगीतिक एल्बम ‘धोका दियो नभन’ केही समय अगाडि बजारमा आएको हो । यस बोलको गीत निश्चित समय र परिवेशलाई नियालेर सिर्जना गरिएको भएता पनि हेर्दा र सुन्दा यो गीत कालजयी छ । जसले स्रष्टा, सर्जक, गायक, गायिकालाई यो गीतले जीवन्त बनाउने कुरामा चर्चित गायक रामजी खाँडको दाबी छ । गायिका दर्लामीले यो गीतबाट आफूले धेरै अपेक्षा गरेको समेत बताएकि छिन् ।

‘यो गीत तपाईको जीवनको चरिथार्थ हो ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यस्तो त हैन यस्ता घटना, परिघटना समाजमा व्याप्त भएकाले त्यसकै उपच हो ।’

त्यसैगरी आफ्नो स्वर अन्य गायिकाको तुलनामा भिन्नै भएकोले आफू सांगीतिक क्षेत्रमा केही न केही गरेर देखाउँने बताउँछिन् । तत्कालका लागि आफ्नो अध्ययनलाई अगाडि बढाउँनु पर्ने भएकोले गीत, संगीतलाई भने बमोजिक समय दिन नसकेको भन्दै उनी दुःख पोख्छिन् । तर, अध्ययन पश्चात आफू नेपाली लोक तथा दोहोरी सांगीतिक क्षेत्रमै रहने बताउँछिन् ।

यो गीतको सिर्जना गायिका लीला दर्लामी मगर स्वयंले गरेकि हुन् । यस गीतमा आवाज लीला दर्लामी मगर र रामजी खाँडले दिएका छन् ।

उत्पादन तथा वितरण विशाल म्युजिक प्रालिले गरेको छ । र, लगानी रेशम घर्ती मगर र पल्बा खत्रीले गरेका छन् । धिरज खत्री, मनिषा बिसी, गीत मगरले यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियोः

Leave a comment

Your email address will not be published.


*