27 May 2018|   आइतवार, जेष्ठ १३, २०७५

सलमानले अभिनय गरे, नेपाली लोकदोहोरी गीतमा (हेर्नुहोस्, भिडियो सहित)

          |   प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४     7:21:02 PM  | 107 पटक पढिएको   |  

गणेशमान सिंह, काठमाण्डौं – दर्जन बढी नेपाली लोक तथा दोहोरी गीत, संगीत सिर्जना गरी सकेका उदयमान गायक एवं सर्जक दुर्गा बिकको शब्द, संगीतमा रहेको लोकदोहोरी गीत पिरतीको रहिछ अर्को नाम सार्वजनिक गरिएको छ ।

हिजो (मंगलबार) मात्र काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमका बीच पिरतीको रहिछ अर्को नामक गीति एल्बम सार्वजनिक गरिएको हो ।

विगत एक वर्षदेखि काठमाण्डौंमा व्यवसाय गर्दै आएका युवा व्यवसायी खड्काको भने यो पहिलो लोक तथा दोहोरी सांगीतिक एल्बम हो । यद्यपि युवा व्यवसायी खड्काले पहिलो पटक यो गीतमा आवाज भरेपनि गीत सुन्दा मीठो र ओजीलो भाव रहेको युवा गायक बसन्त बिसीले ई-खबर अनलाइनलाई बताए ।

जल राप्ती डिजिटल म्युजिक प्रालिले यो गीतको उत्पादन तथा बजार व्यवस्थापन गरेको छ । भने, यो गीतको भिडियो अत्याधुनिक ड्रोन क्यामराबाट काठमाण्डौंका विभिन्न रमणिय स्थानमा छायांकन गरिएको हरिष महराले बताए ।

यस भिडियोमा अभिनय मोडल सलमान अहमत र चर्चित हास्य टेलिशृङ्खला हर्के हवलदार र रिसानी माफका कलाकार आशा खड्काले गरेका छन् ।

यो गीतबाट युवा व्यवसायी खड्काले धेरै आशा गरेका छन् । र, केही समय लगत्तै अरु गीतपनि ल्याउने खड्काले जानकारी दिएका छन् ।

भिडियो

Leave a comment

Your email address will not be published.


*