20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

१६ लाखमा नमुना विद्यालय भवन निर्माण

        नवराज शाही   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     6:58:54 PM  | 147 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका –२, शेरीमा १६ लाखमा नमुना विद्यालय भवन निर्माण गरिएको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको १६ लाख अनुदानमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन (ट्रष्ट) निमार्ण गरिएको विद्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ का लागि जिल्ला शिक्षा कार्यालय जाजरकोटले विनियोजित गरेको सो रकमबाट विद्यालयको नमुना दुई कोठे भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक मोहनराज ज्योतीले बताए ।

जिल्लाको अत्यन्त दुर्गम र सडक सञ्जाल नजोडिएको ठाउँमा विद्यालय निर्माणका लागि आवश्यक पर्ने सामाग्री ढुवानीमा कठिनाई हुँदाहुँदैं पनि भनेकै समयमा निमार्ण गरिएको प्रअ ज्योती बताउँछन् । ज्योतीका अनुसार भवन निर्माणका लागि स्थानीयद्धारा ढुवानी गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिकामा निमार्ण गरिएका भवन भन्दा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शेरीको भवन राम्रो र नमुना भएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।

विद्यालय भवन निर्माण कार्यमा जतिसुकै कठिनाई भएपनि हिजो आज आकर्षक र नमुना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर घर्तीले बताए । विद्यालयको भवन निमार्ण कार्य सकिए पनि अन्य आन्तरिक व्यवस्थापनमा अझैं सुधार ल्याउँनु पर्ने अध्यक्ष घर्ती बताउँछन् । माघ २ गते शिलान्यास गरिएको भवन फागुन २१ गते निमार्ण गरिएको छ ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शेरीमा वर्षौ पहिले निर्माण गरिएका जीर्ण भवनमा पढाई हुने चिन्ता टरेको विद्यायका अभिभावक बासुदेव घर्तीले बताए । छात्रछात्राका लागि शौचलय नभएकोले विद्यालयमा विद्यार्थीहरुलाई शौच गर्न समस्या भएको अभिभावक बासुदेव घर्तीले ई–खबर अनलाइनसँग गुनासो गरे । यसकालागि जिल्ला शिक्षा कार्यालय जाजरकोट र स्थानीय तहले पहल गरिदिनुपर्ने उनी बताउँछन् ।

उक्त विद्यालयमा ७५ जना विद्यार्थी र दुई जना शिक्षक मात्र छन् ।

Leave a comment

Your email address will not be published.


*