23 April 2018|   सोमवार, बैशाख १०, २०७५

वडापालिकामा निर्वाचित सदस्य एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४     7:52:26 PM  | 501 पटक पढिएको   |  

जाजरकोट – नेकपा एमालेबाट वडापालिकामा निर्वाति एक सदस्य एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा कुशें गाउँपालिका –२ टालेगाउँका नेकपा एमालेबाट निर्वाचित सदस्य ललित सिंह रहेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगामा आज (बुधबार) नेपाली काँग्रेसले एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा सदस्य सिंहलाई पार्टी प्रवेश गराएको नेपाली काँग्रेसका क्षेत्रिय सचिव छवी पन्तले बताए ।

पार्टी प्रवेश गर्दै वडा सदस्य सिंहले एमालेमा वर्षौंदेखि रहेर निष्टापूर्वक काम गरेपनि पार्टी भित्रको गुटबन्दी, क्रुर तानाशाही, हैकमवाद र शासन व्यवस्था प्रति असन्तुष्ट भएको र कार्य कुशलताको मुल्याङ्कन नहुनुले पार्टी परित्याग गरेको बताए । सिंह भन्छन्, ‘लोकतान्त्रिक समाजवादको आदर्शलाई आत्माबोध गर्ने गरी पार्टी प्रवेश गरेको छु ।’

आगामी दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर पारदर्शी, क्रियाशिल रुपमा कामकारवाही गर्ने अठोट लिएको सिंहले प्रेस विज्ञप्ती मार्फत बताएका छन् ।

प्रेस विज्ञप्तीको पूर्णपाठः

Leave a comment

Your email address will not be published.


*