20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

जाजरकोटका १० विद्यालयमा विद्यालय प्रयोजनका लागि सामाग्री वितरण

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     7:15:37 PM  | 117 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटका १० वटा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा प्रयोग गरिने सामाग्री वितरण गरेको छ । विद्यालयको सरसफाई एवं स्वच्छताका लागि फिल्टर, बाल्टिन, टुकी सेट लगाएतका सामाग्री वितरण गरिएको हो ।

जसअनुसार बाल मावि झाप्रा, रामोदय मावि दशेरा, महादेव आधारभूत विद्यालय सुवानावली, नेपाल राष्ट्रिय मावि पजारु, भगवती मावि अर्छानी, मान्नेढुङ्गा उच्च मावि टालेगाउँ, लक्ष्मीप्राप्ती उच्च मावि खुर्पा, शिवपुरी मावि गर्खाकोट, महेन्द्र मावि कोर्ताङ र भैरव माविमा उक्त सामाग्री वितरण गरिएको मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजना अन्तरगत स्वच्छता तथा प्रजन्न स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमका अधिकृत रोहित मुल्मी श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको स्वास्थ्य तथा सरसफाईमा निरन्तर ध्यान पुर्याउने उद्देश्यले ती सामाग्री वितरण गरिएको छ । झण्डैं १ लाख बराबरका सामाग्रीहरु खरिद गरी जिल्लाका १० वटा विद्यालयमा विरण गरिएको अधिकृत श्रेष्ठले बताए ।

Leave a comment

Your email address will not be published.


*