20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

खाद्य संस्थानमा चामल बिक्दैंन, डिपोमा पुग्दैन

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     6:21:28 PM  | 114 पटक पढिएको   |  

जाजरकोट – जाजरकोट खलंगामा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्रि हुन छोडेको छ । बजारको मूल्य भन्दा सस्तोमा चामल बिक्रि गरे पनि संस्थानको चामल बिक्री हुन छोडेको नेपाल खाद्य संस्थान जाजरकोटका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।

जिल्लाका ४ वटा खाद्य डिपोमा चामलको अभाव भईरहेको बेला संस्थानको चामल भने गोदानमै थन्काउँनु परेको संस्थानका कार्यालय प्रमुख बस्नेत बताउँछन् । बस्नेतका अनुसार हप्तामा ४०/५० किलो मात्र बिक्रि हुने गरेको छ ।

संस्थानमा मध्यम, मकवानपुर र मोटा चामल बिक्रिकालागि राखिएको छ । खाद्य संस्थानमा राम्रो, गुणस्तरयुक्त र सस्तो चामल भए पनि बजारबाट हुने खरिद बिक्रिले संस्थानको चामल बिक्रि हुनै छोडेको हो ।

मध्यम चामल प्रति किलो ४२, मकवानपुर ४० र मोटा चामल ३६ रुपैंयाँमा बिक्रि गरिने नेपाल खाद्य संस्थान जाजरकोट शाखाले जनाएको छ । बजारमा यो भन्दा सस्तोमा चामल खरिद बिक्रि गरेमा संस्थानले यो भन्दा सस्तोमा बिक्रि गर्न नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगञ्ज बाँकेमा समन्वय गर्ने समेत कार्यालय प्रमुख बस्नेत बताउँछन् ।

नेपाल खाद्य संस्थान, सदरमुकाम खलंगाको गोदाममा अहिलेसम्म १२ सय ५१ क्वीन्टल ७९ किलो ३ सय ग्राम बिक्रि भएको छैन । सदरमुकाम खलंगाका अधिकांश बासिन्दा बजारमा पाईने चामल खरिद गरेर खाने गरेकाछन् भने, जिल्लाका अधिकांश ठाउँमा ग्रामिन सडक सञ्जाल जाडिएसँगै संस्थानमा नआउँने र नजिकैको पसलबाट ढुवानी गरेर किन्ने गर्दछन् ।

खाद्य डिपोको हकमा चामल पुगेपनि बारेकोट गाउँपालिकाको घाट डिपोमा असोज महिनामै चामल पुर्याई सक्नुपर्ने तर, अहिलेसम्म पुर्याईएको छैन । ठेकेदार जीतबहादुर सुनारले चामल ढुवानीको ठेक्का लिएर ढुवानी नगरेको कार्यालय प्रमुख बस्नेतले बताए । सुनारले चामल ढुवानी गर्ने क्रममा बाटोमै चामल हिनामिना गरेका थिए । र, उनलाई संस्थानले कारवाही गरेर ढुवानीका लागि नयाँ टेन्डर आह्वान गरिएको छ ।

त्यस्तै जिल्लाको घाट, चौखा, दशेरा र घोगीमा रहेको खाद्यन्न डिपोमा चामलको मूल्य नेपाल खाद्य संस्थान सदरमुकाम खलंगाको तुलनामा दुई रुपैंयाँ मात्रै बढि हुने गर्दछ । भने, बजारको मुल्य दोब्बर हुने भएकोले संस्थान भन्दा डिपोमा चामल धेरै बिक्री हुने गर्दछ । जसका कारण चामल समयमा पुर्याउन नसकिएको स्वीकार्छन्, कार्यालय प्रमुख बस्नेत ।

त्यसैगरी जाजरकोटका विभिन्न स्थानमा रोपिएको मकै तथा धान बाली श्रावन, भदौं महिनामा आएको बाढी र पहिरोले बगाएको थियो । बाढीले धान तथा मकै बाली बगाएसँगै यतिबेला खाद्यन्न संकट भएको जिल्ला खाद्य व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए ।

रावलका अनुसार दुःख जिलो गरेर वर्ष भरी खाउला, पिउला भनि रोपेको अन्नबाली बाढी, पहिरोले बगाई दिएपछि जिल्लाका दुर्गम ठाउँ बारेकोट गाउँपालिकाको जिरी, मुल्साम, नलगाड नगरपालिकाको रग्दा, भगवती, जुनीचाँदे गाउँपालिकाको जुर्कानीपाने, छेडागाड नगरपालिकाको टिकाचौर लगाएतका ठाउँमा चरम खाद्य संकट भएको छ । त्यसकालागि श्रावन, भाद्र महिनामै दैविक तथा राहत उद्दार कोषबाट केही राहत वितरण गरिए पनि त्यसले खाद्य संकट नटर्ने उक्त कोषका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

Leave a comment

Your email address will not be published.


*