23 June 2018|   शनिबार, असार ९, २०७५

काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     1:31:52 PM  | 154 पटक पढिएको   |  

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

Leave a comment

Your email address will not be published.


*