24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

जाजरकोटमा प्रारम्भिक तह कक्षा पढाई कार्यक्रम सुरु

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     6:31:39 PM  | 91 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटमा कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको पठन, पाठन तथा सीप अभिबृद्धि गर्नका लागि जिल्लाका ३ वटा गाउँपालिका र २ वटा नगरपालिकाका सामुदायिक विद्यालयमा प्रारम्भिक तह कक्षा पढाइ कार्यक्रम सुरु गरिएको छ ।

जिल्ला सदरमुकाम खलंगामा आज (मंगलबार) पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटले आयोजना गरेको प्रारम्भिक तह कक्षा पढाई कार्यक्रमको अभिमुखीकरण गोष्ठीमा कार्यक्रम बारे जानकारी दिँदै यस कार्यक्रमका संयोजक सर्वजीत सुनारले यहीँ (फाल्गुन) महिना देखि यो कार्यक्रम लागु भएको बताए ।

यो कार्यक्रमको पहिलो चरणमा जिल्लाको बारेकोट गाउँपालिकाका २८, कुशें गाउँपालिकाका ३२, जुनीचाँदे गाउँपालिकाका ४२, छेडागाड नगरपालिकाका ९, र नलगाड नगरपालिकाका ५२ वटा गरी जम्मा १६३ वटा विद्यालयमा सुरु गरिएको कार्यक्रमका संयोजक सुनारले बताए ।

विद्यार्थीहरुको प्रारम्भिक तहमै पढाई कमजोर देखिएपछि पठन, पाठन, सीप विकास र सुधार गर्नका लागि जाजरकोट जिल्लाका ५ वटा स्थानीय तहका झण्डैं १६३ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक तह पढाई कक्षा सञ्चालन गरिएको छ । भने, अबको केही महिनामै १८० वटा विद्यालयमा यो कार्यक्रम लागु हुने बताईएको छ ।

यहीँ शैक्षिक शत्रदेखि शुरु गरिएको प्रारम्भिक तह कक्षा पढाई कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय खेल तथा शैक्षिक सिकाई सामग्रीको निर्माण र सुधारमा जोड दिइने संयोजक सुनारले जानकारी दिए ।

त्यसैगरी गत वर्षको यसै कार्यक्रमले पढाई मुल्याङ्कन गर्दा कक्षा ३ मा मात्रै अध्ययनरत बालबालिकाहरुमा नेपाली पठन सीप अत्यन्तै न्युन रहेको तथ्य फेला परेको थियो । जसअनुसार पूर्णरुपमा नेपाली शुद्ध पढ्ने र बुझ्ने २६ प्रतिशत, पढेर बुझ्ने १६ प्रतिशत, बिस्तारै पढ्ने तर कम बुझ्ने ४९ प्रतिशत र पढ्नै नसक्ने ९ प्रतिशत रहेको प्रारम्भिक तह कक्षा पढाई कार्यक्रम जाजरकोट र रुकुमका जिल्ला संयोजक प्रमोदकुमार बिष्टले बताए ।

संयोजक बिष्ट भन्छन्, ‘प्रारम्भिक तह कक्षा पढाई कार्यक्रममा सोचे जस्तो उपलब्धिमुलक परिणाम पाउन नसकेकोले यो कार्यक्रम पुनः यस जिल्लामा लागु भएको हो ।’

मुल्याङ्कन अनुसार अधिकांश विद्यार्थीहरुको पठन सीप अन्य जिल्लाको तुलनामा निकै कम रहेको पाईएपछि प्रारम्भिक तह कक्षा पढाई कार्यक्रमले कक्षाको पठन सीपअन्तर्गत सुनाई, पढाई, लेखाई र बुझाईका आधारमा विद्यार्थीको सिकाई सुधार गर्ने कार्यक्रमको लक्ष्य रहेको जिल्ला संयोजक बिष्टले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जाजरकोट जिल्लाका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जाजरकोटमा प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या न्यून रहेको र यो कार्यक्रमले विद्यार्थीको आकर्षण र पठन, पाठनमा ज्ञानबृद्धि गर्दै जाने बताए ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटको समन्वय, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग र पाँचतारा युवा संरक्षण मञ्चद्धारा सञ्चालित प्रारम्भिक तह कक्षा पढाई कार्यक्रम २०१८ देखि २०२१ सम्म लागु हनेछ । भने, यो कार्यक्रम विगत २०१५ देखि २०१७ सम्म यस सञ्चालनमा रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*