24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

लैंगिक तथा सामाजिक हिंसाका घटना घटे

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     2:05:42 PM  | 51 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटमा लैंगिक तथा सामाजिक हिंसाका घटनामा कमी हुँदै गएकोे छ । गत आर्थिक वर्ष ०७३/०७४ मा लैंगिक हिंसापीडितका ८० र सामाजिक हिंसाका ३६ गरी जम्मा एक सय १६ वटा उजुरी दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र जाजरकोटले जनाएको छ ।

त्यसैगरी यो आर्थिक वर्ष ०७४/०७५ मा लैंगिक हिंसाका ३९ र सामाजिक हिंसाका २९ गरी जम्मा ६८ वटा उजुरी दर्ता भएको उक्त केन्द्रले जनाएको छ । दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याउँने गरेको महिला तथा बालबालिका सेवा केन्द्र जाजरकोटकी ईञ्चार्ज हरिकला बिष्टले बताईन् ।

लैंगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसा विरुद्धका जिल्लास्तरीय सञ्जालले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसामा कमी हुँदै आएको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज बिष्टले बताईन् ।

Leave a comment

Your email address will not be published.


*