24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

प्रधानमन्त्री ओलीलाई स्रष्टा नरेश रानाको कटाक्ष

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:55:32 PM  | 187 पटक पढिएको   |  

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति भर्खरै आफ्नो ६७ औं जन्मदिन बालुवाटारमा मनाउँदै गर्दा उनका पिता मोहनप्रसाद ओली भने गेट बाहिरै रुमलिए । र, यो कुरा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल, युटुबमा भाइरल बन्यो । यही विषयलाई लिएर स्रष्टा नरेश रानाले प्रधानमन्त्री ओलीलाई जन्मदिने पिता (बा) लाई बिर्सिएको कुरा आफ्नो गजल सिर्जना मार्फत यस्तो लेखेका छन् ।

  • गजल

आसेपासे भएजति साथमा राख्यो बा बिर्सियो ।
दुनियाँ हाक्ने गति साथमा राख्यो बा बिर्सियो ।

राष्ट्र निर्माणका लागि लेखिएका अमुल्य खाका,
हजारौ हजार प्रति साथमा राख्यो बा बिर्सियो ।

उनले फक्किर सन्तनालाई अमीर बनाई दिए,
उसैंले टन्नं सम्पति साथमा राख्यो बा बिर्सियो ।

जन्माउँने बाबा,आमा पनि कति सस्ता रहेछन् ?
जन्मदिनमा श्रीमति साथमा राख्यो बा बिर्सियो ।

-गजलकारः नरेश राना, जाजरकोटका हुन् । उनि मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, शाखा जाजरकोटका अध्यक्ष हुन् ।
-हालः त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाण्डौंमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् ।

Leave a comment

Your email address will not be published.


*