24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

पाजी माया -१ (प्रेम कथा)

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     3:07:58 PM  | 87 पटक पढिएको   |  

रवीले देख्ने बित्तिक्कै टक्क अड्डियो । मीठो बोली, मन्द मुस्कान, फक्रेको फूल जस्तैं अनुहार, सिन्दुर अट्ने सिउँदोको थोरै तलपट्टी रातो टीका, स्निग्ध शरीर, गुनकेरी मैयाको झैँ केश, चौडा छात्ती, थोरै माथि उच्चिएको नितम्भ, होचिहोची कद भएकी देख्ने बित्तिकै एकछिन्, अक्मकायो ? खैँ, स्वर्गकी परीसँग मेरो भेट भयोकी ? म स्वर्गको अलकापूरी सुन्दरी नगरीमा छुकी ? अलकापूरी सुन्दरी नगरीकी सुन्दरीसँग त मेरो भेट भएन ?

उसले यी र यस्तै–यस्तै स्वर्णिम कल्पना गर्दै, आफूले आफैलाई यक्ष प्रश्न गर्दै थियो । रवीले यीनै प्रश्नको उत्तर नभेट्दै एक्कासी झल्यास् भयो । र, रवीलाई एकैछिन्, यस्तै स्वर्णिम र कल्पीत बनाउँने थिईन्, स्वयं रवीले भेट्न बोलाएकी माथि वर्णित सुन्दरी रुवी ।

यो सबथोक हुनुमा केही दिन अगाडी मात्रै रवी र रुवी सामाजिक सञ्जाल (फेसबुक) मार्फत एकआपसमा साथी बनेका थिए । रवीले फेसबुक चलाउँन थालेको ५÷७ वर्ष मात्रै भएपनि उसँग प्रायः समय, मनमिल्दा, आफ्नो योग्यता अनुसारका र चित्त बुझ्ने खालका साथी थिएनन् ।

यी र यस्तै फेसबुकका साथी भएकै कारण फेसबुक चलाउँन उसले खासै उत्कण्ठा र जागर मान्दैनन्थो । प्रायः उसको फेसबुक डिएक्टिभ नै हुन्थ्यो । रवीका साथीहरु भने रवी तिमी किन फेसबुक चलाउँदैंनौँ के ? तिमी त प्रायः पढ्नमा व्यस्त हुन्छौं ? कहिलेकाही यसो फेसबुक चलाएर पनि बस क्या ! केही महत्वपूर्ण कुरा पनि त हुन्छ नि !

साथीहरुको अनुरोध आग्रह, दवाव र मायाका कारण रवीलाई फेसबुक चलाउँनु पर्ला भन्ने मन पलाएको थियो । एकदिन क्लास सकाएर दिउँसो २ बजे आफ्नो कोठामा आईपुग्छ रवी । कोठमा आउँने बित्तिकै खाजा खाएर फेसबुक चलाउँछु भन्दै फेसबुक लगअन गर्छ । लगअन गर्ने बित्तिकै आफूसँग पढ्ने अर्थात् क्लासफ्रेण्ड कोही पनि अनलाइनमा थिएनन् । २÷४ जना अनलाइनमा देखिएपनि मनलाइनका साथी नभेटेपछि उसले टाइमलाइनमा पोष्ट गरिएका फोटो, स्टाटस हेर्दै थियो ।

त्यसैक्रममा कतै प्रकृतिको छेउ त कतै घरछेउ एक्लिएर स्टिल फोटोहरु क्यामरामा कैद गरी फेसबुकमा पोष्ट गरी फोटो क्याम्पसनमा जोक्स लेखेकोमा उसको मन रोकियो । र, शोच्न थाल्यो यो केटी अशिक्षित पक्कै होईन तर, शिक्षितको संज्ञा पनि कसरी दिनु ? चिनजान, भेटघाट, बोलिचाली केही छैन । राम्रो लुगाफाटो लगाउँदैमा के पढेकी, लेखेकी भन्नु आदि उसको मनमा फेरि प्रश्न उठ्न थाल्यो ।

तर, उसको मनले मान्दै नमानी रुवीको प्रोफाइल पल्टाउँदैं घोत्लिएर हेर्दैंहेर्दैं जादा राम्री लाग्यो र आफ्नै गाउँ–ठाउँकी जस्ती पनि लाग्यो । फेरि रवीको मनले मान्दै मानेन र म्यासेज गरिहाल्छु । रिप्लाई आउँछकी नाई ?

रुवीको म्यासेन्जरमा गएर रवीले शिष्ट भाषामा नमस्ते ! भनेर भन्यो । रुवीले पनि तत्काल नमस्ते केही काम थियोकी ? रवीलाई यही प्रश्न गरिन, रवी अब के एसएमएस पठाउ ? अक्मकियो ।

अक्मकाउँदै प्रश्नको उत्तर पनि दियो । तिमी काठमाण्डौं भए आउँन भेटौं ? रुवीले यही प्रश्नको जवाफमा म त नेपालगञ्ज छु । काठमाण्डौं भए भेट्न आउँथे । त्यसपछि रवीले ओके ठिकै छ । काठमाण्डौं आउँने मौका परे खबर गर्नु हैं भेटौंला नि ! रुवीले हुन्छ हस्, भनिन् । त्यस दिनको कुरा त्यतिकैमा सिमित भयो । रवीलाई पनि तत्काल होमर्क गर्नुपर्ने भएकोले आफ्नो कर्तव्य तिर तल्लीन भयो ।

होमर्क गरेर पनि सकायो । त्यसपछि जिन्दगी न हो । अनेकन् सोच, विचार, भावना त प्रत्येक मानिसमा हुन्छ नै । समयक्रम र चक्रमपाति वायु जस्तै परिस्थिति न हो, धेरथोर भएपनि भावना, कल्पना त मन, मष्तिकको वरिपरी घुमी नै हाल्छ ।

यी भावना, कल्पना मन, मष्तिक्समा घुमफिर गर्दा रवी शोच्ने गर्छ । २५ वर्षको लक्का जवानमै विज्ञान मुल विषय लिएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाण्डौंबाट प्रथम श्रेणीमा मास्टरर्स गरेको विद्यार्थी न हुँ । अबको केहीँ वर्षमै यमफिएल गर्दैंछु । कीर्तिपुर क्याम्पसको विज्ञान विषयको लेक्चर पनि त छु । आखिर मुखमा क्रिम दलेर, बजारमा पाइने अर्धनग्न पहिरण पहिरेर फोटो खिचि फेसबुकको भित्तामा टास्दैँमा के को राम्री भन्नु यार बेक्कार ।

उसले मनमनै यही शोच्यो । तर, एक मनले बेक्कार शोचेपनि अर्को मनले भने खैं यार केटी ठिकै छ । आखिर के भो र कुरा गर्दैमा ? यदि काठमाण्डौं भेट नभए के भो त ? बाँकी समयले बताउँला नि !

यहीँ शोच्दैं रवीले आफ्नो पढाई, लेखाईलाई निरन्तरता दिदै थियो । विचरा समय पनि उसँग कहिले प्रशस्त भएन । बचेकुचेको समयले आफू पढ्ने र क्याम्पसका विद्यार्थीहरुलाई पढाउँन मै सकिन्थ्यो ।

एक साँझको कुरा हो । रवीले सोच्यो आखिर क्याम्पसबाट दुई हप्ताको क्यावी विदा लिएको छु । हिजो आजसम्मलाई थोरै टाइम छ । एकछिन्, फेसबुक चलाउँछु भन्दै रवीले फेसबुक लगअन गर्यो । फेसबुक लगअन हुने हुँने वित्तिकै कतै नहेरी सिधैं रुवीलाई च्याटमा खोज्यो । संयोगले रुवी च्याटमै थिईन् ।

रवीले हेलो रुवी सञ्चै छ्यौँ ? यही एसएमस पठायो । रुवीले तत्काल रिप्लाई गरिन । अँ सञ्चै छु । अनि रवीले भन्यो मत घर जादैंछु । १÷२ हप्ताको विदा लिएर । रुवीले यही मौका छोपेर ओके मेरो राजा मलाई के ल्याईदिने ? भनेर भनिन् ।

रवी छक्क पर्यो । वाफ रे ! कस्तो खालको केटी हो यो ? च्याटिङ गर्न थालेको केही मिनेटमै राजा ? मेरो हजुर ? उसलाई त्यो केटीले पठाएको म्यासेज हेरेर शोच्यो, यो केटी कि त अनेकौं वहानावाजी गरिरहेकी छे कि त यो होटल, रेष्टुरामा कार्यरत कल गर्ल हो ।

यी र यस्तै कुरा शोच्दै थियो रवी । तत्काल मोवाइल नम्बरमा आफूलाई फोन गर्न आग्रह गर्दैं नम्बर पठाईन् । रवीले पनि मन थाम्नै नसकेर हतार हतारमा फोन गर्यो । फोनमा पनि मीठो स्वरमा हेलो मेरा राजा, काठमाण्डौंंबाट मलाई के ल्याईदिसिने हो ? रवीले सहजै भन्यो तिमी जे भन्छ्यौं त्यही ल्याईदिन्छु । रुवीले भनिन्, मेरो राजा मलाई मनपर्ने टि–सर्ट ल्याईदिनु ल…..।

त्यसपछि रवी तत्काल काठमाण्डौंको माछापोखरी नजिकै रहेको बुद्ध मलमा सपिङका लागि पुग्यो । त्यहाँ विभिन्न खालका विभिन्न उमेर समुहका, साइजमा कपडा थिए । रुवीले भने झैं कपडा नपाएपछि त्यहीबाट रुवीलाई फोन गरेर रवीले भन्यो, रुवी तिमीले भने झैँ टि–सर्ट पाईएन । क्यारम भन्ने बित्तिकै उनिले फोन काट्न थालिन् । त्यपछि अनेक शंका, उपशंका उसको मनमा जन्मिन थाले ।

तरपनि रवीले शोच्यो विश्वासको कुरा हो । उनी जे जस्ति भएपनि म त पढे, लेखेको शिक्षित व्यक्ति हुँ । ठिकै छ । बुद्ध मलमा नपाए के भो त ? अनेकौं मल छन् नि ! त्यतै जान्छु । त्यपछि त्यही नजिकै रहेको बिजी मलमा जादै थियो रवी । बाटोबाटै रुवीलाई फोन गर्यो, फोन राखिदिने, एकछिन त ब्ल्याक लिष्टमा नम्बर पनि रादिदिईन् । यति गर्दासम्म पनि वचन हार्न नसकेर बिजी मल पुग्यो रवी । बिडम्बना, बिजी मलमा पनि रुवीले भने झैं टि–सर्ट पाईएन र गोँगबु नयाँ बसपार्क नजिकै रहेको कान्तिपुरमा मलमा पुगेर टि–सर्ट कस्तो कलर र साइजको ल्याउँने भनेर रवीले रुवीलाई कल गर्यो । रुवीले फोन रिसिभ गरिन र भनिन्, ल्याउँनुहोस्, भईहाल्छ । अनि रवीले बाक्लो, मोर्डन स्टाइलको, ग्रीन कलरको टि–सर्ट किनेर कोठामा आयो ।

अनि कोठमा आएपछि तत्काल घर फर्किनु पर्ने भएकोले झोलामा कपडा, व्याकमा ल्यापटम, क्यामरा, आवश्यक शैक्षिक सामाग्री, प्रमाणपत्र र केही पुस्तक बोकेर बसपार्क पुग्यो र गाडी चढेर कोहलपुसम्म हानियो ।

कोहलपुरमा रवी अर्को दिनको दिउँसो ३ बजे पुग्यो । दिउँसो ३ बजे कोहलपुर पुगेर रुवीलाई बोलायो । रुवी पनि आईन् । र, उपहार स्वरुप टि–सर्ट रवीले रुवीलाई दियो । रुवी खुसी हुँदै उपहार सहजै ग्रहण गरिन । केही मायाका कुरा, केही हौसलाका कुरा त केही आश्वासन दिएर गईन् ।

भोलि पल्ट विहानै फेसबुकमा रवीले दिएको उपहारलाई फोटो खिचेर फेसबुकमा राखिन र लेखिन् ‘थ्यांक्यू सो मच फर योर स्पेसल गिप्ट फर डिए……।’ त्यपछि अर्को दिन प्रेमिल र भावनात्मक स्टाटस लेखेर पोष्ट गरिन ।

फोनमा पनि कहिले कसो राम्रै कुरा हुन्थ्यो । २/४ दिन पहिलेको कुरा हो । दिउँसो ४ बजे रवीले मायाले मर्दै कल गर्यो बीचैमा कल काटियो र बेलुकी ७ बजेपछि रुवीको स्टाटसमा पाजी माया (सरी) लेखियो । रवीलाई रुवीको स्टाटस लेखन प्रति कुनै आपत्ति र एकरत्ति पछुतो भएन । बरु पाजी मायालाई……..। बाँकी अर्को भागमा ।

-नरेश राना, जाजरकोट ।
हालः त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाण्डौं ।

Leave a comment

Your email address will not be published.


*