20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

दरबारमार्ग वृत्तका पिएसओ

        डिएसपी दानबहादुर मल्ल   |   प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     8:56:03 PM  | 87 पटक पढिएको   |  

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्जमा डिएसपी दानबहादुर मल्ललाई सरुवा गरेको छ । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पिएसओका रुपमा काम गर्दै आएका थिए ।

दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई हटाएपछि वृत्तको इन्चार्ज रिक्त हुँदै आएको थियो । सामूहिक बलात्कार घटनामा मिलापत्र गराउँदा डिएसपी भारतीको समेत शकास्पद भूमिका रहेको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो ।

 माघ ७ गते कमलादीको ल्याण्डमार्क होटल एण्ड अर्पाटमेन्टमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो । जून घटनामा युवतीले प्रहरीमा उजुरी गरेकोमा प्रहरीकै सहयोगमा पछि मिलापत्र गराइएको थियो । घटना बाहिर आएपछि प्रहरीले वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन् ।

हटाइएका डिएसपी भारती पनि माओवादी नेताहरुकै सिफारीसमा दरबारमार्गमा सरुवा भएका थिए ।  दरबारमार्ग वृत्त डिएसपीहरुको पहिलो रोजाईमा पर्ने गर्दछ । जहाँ क्षमताको आधारमा भन्दा पनि ठुला नेताहरुको सिफारीसमा पर्ने डिएसपीहरुको मात्र सरुवा भएको छ । यसपटक पनि त्यस्तै भएको छ ।

नेताहरुको सिफारीसमा सरुवा हुनेहरुले शान्ति सुरक्षामा भन्दा कमाउनमा केन्द्रीत हुने भएकाले समस्या आउने गरेको छ ।

Leave a comment

Your email address will not be published.


*