23 April 2018|   सोमवार, बैशाख १०, २०७५

कसरी बन्दै छन्, प्रदेश सरकार ?

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४     9:01:34 AM  | 33 पटक पढिएको   |  

प्रदेश १ को  मुख्यन्त्रीमा एमालेका शेरधन राईले आज नियुक्ति पाउनेछन् । बिहीबार शपथपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । प्रदेश सभामुखमा प्रदीपरत्न भण्डारी नियुक्ति भएका छन् । बिहीबार बस्ने प्रदेश सभा बैठक उपसभामुखको चयन गर्नेछ ।

२ नम्बर प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ३ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले ४ फागुनमा शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश सभामुखको निर्वाचन बिहीबार हुनेछ । सभामुख पदमा माओवादीका नेत्रप्रसाद अधिकारीको दाबी छ ।

प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री भएका छन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ खाने कार्यक्रम छ । सोही दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले र माओवादीबाट एक–एक गरी मुख्यमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमालेबाट बैजनाथ चौधरी, लीला गिरी, विष्णु पन्थीमध्येबाट एक तथा माओवादीबाट कुलप्रसाद केसी सोनाम, दधिराम न्यौपाने, कृष्णध्वज खड्कामध्ये एकजना सरकारमा जाने सम्भावना रहेको बताइन्छ । सभामुखमा माओवादीका पूर्ण घर्ती र उपसभामुखमा भने अझै टुंगो लागिसकेको छैन ।

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्टले दाबेदारी पेस गरेका छन् । बिहीबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको चयन गर्नेछ । मुख्यमन्त्रीले शपथ लिएपछि सानो आकारको सरकार गठनको तयारी छ । २९ माघमा बसेको प्रदेश सभा बैठकले सभामुखमा एमालेका अर्जुन थापालाई चयन गरेको थियो । उपसभामुखका लागि ६ फागुनमा निर्वाचन हुनेछ ।

यता आलोपालो प्रस्तावले प्रदेश ६ को मुख्यमन्त्रीमा विवाद भएको छ |एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीचको छलफलमा पाँचवर्षे कार्यकाल बाँडफाँड गर्ने मुद्दा उठेको हो । एमाले नेता कँडेलले कार्यकाल बाँडफाँड गर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले अस्वीकार गरेको हो । जसले गर्दा एमाले र माओवादीले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिबारे दाबीपत्र लेख्न सकेका छैनन् ।

Leave a comment

Your email address will not be published.


*