23 June 2018|   शनिबार, असार ९, २०७५

नारी स्रष्टा सीता यरीका केही मुक्तक

          |   प्रकाशित मितिः सोमवार, माघ २९, २०७४     9:19:41 PM  | 264 पटक पढिएको   |  

१. मुक्तक

हजुरको माया जति रमाईलो शहर लागेन ।
हजुरको छाँयाजति शितल यो घर लागेन ।
आमा, बा र दाजुको काखमा रहँदासम्म,
मलाई कसैको पनि कालो नजर लागेन ।

२. मुक्तक

यी भित्ताहरूमा बुद्धको चित्र राख्नुपर्छ ।
आफ्नो मनलाई सधैँ पवित्र राख्नुपर्छ ।
आमा बा र देशले बाँच्न सिकाएका हुन्,
जीन्दगीभर मुटुको भुगोलभित्र राख्नुपर्छ ।

-सीता यरी
सुर्खेत

Leave a comment

Your email address will not be published.


*