20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

६ नम्बर प्रदेशमा सरकार गठनको तयारी, मन्त्रीमा क-कसको दाबी ?

          |   प्रकाशित मितिः सोमवार, माघ २९, २०७४     5:03:09 PM  | 235 पटक पढिएको   |  

सरकार गठनको तयारीसँगै सांसदहरुले मन्त्रीका लागि लबिङ थालेका छन् । मुख्यमन्त्रीको दौडबाट बाहिरिएका माओवादी सांसद नरेश भण्डारी क्याविनेटमा आउने अनुमान गरिएको छ । माओवादी नेताहरुले आफ्नो भागमा परेका मन्त्रालयहरु मध्ये रोजेर भण्डारीलई अफर गरेको स्रोतको बताएको छ ।

भण्डारीले भने आफूले धारणा बनाइनसकेको बताएका छन् । ‘क्याविनेटमा जाने कि नजाने भन्ने मैले अहिले त्यो सोचेको छैन,’भण्डारीले भने,’यस सम्बन्धमा छलफल हुन्छ ।’

प्रदेश ६ मा सभामुख र चार मन्त्री एमालेको भागमा परेको छ भने उपसभामुख, मुख्यमन्त्री र दुई मन्त्री माओवादीको भागमा परेको छ ।

एमालेभित्र जाजरकोटका करवीर शाही, डोल्पाका दल रावल, दैलेखका अम्मरबहादुर थापा, सुशील थापा, सल्यानका गुलाबजंग शाह, सुर्खेतकी पदमा खड्का लगायले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

यस्तै सांसद पदम रोकाय, खड्क केसी पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् भने सभामुखको दावी गरिरहेका मुगुका चन्द्र शाहीलाई पनि एमालेले चित्त बुझाउनु पर्ने छ ।

यस्तै माओवादीभित्र पनि दुई मन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । माओवादीको भागमा महिला परेको खण्डमा सीता नेपाली र बिमला केसी मध्ये एक जना मन्त्री बन्ने निश्चित छ ।

विन्दमान विष्ट, ठम्मर विष्ट, धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, रातो कामी, गोपाल शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

Leave a comment

Your email address will not be published.


*