20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

जाजरकोटका एक कृषकको तरकारी खेतीबाट मनग्य आम्दानी

        नवराज शाही   |   प्रकाशित मितिः आइतवार, माघ २८, २०७४     5:29:44 PM  | 143 पटक पढिएको   |  

जाजरकोट – छेडागाड नगरपालिका –८, पजारुका कृषक जयबहादुर सार्कीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । सार्कीलाई तरकारी बिक्री गर्न भ्याईनभ्याई छ । अहिले तरकारीको याम नभएपनि सार्कीको दैनिकी तरकारी बिक्री गर्दैमा बित्ने गरेको छ । ‘बजारमा तरकारीको माग बढ्न थालेपछि कसरी पुर्याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु ।’ उनले भने ।

यसवर्ष डेढ लाखदेखि दुई लाखसम्म तरकारी बिक्रीबाट आम्दानी गर्ने उनको लक्ष्य छ । केही वर्षसम्म भारतमा बसेर स्वदेश फर्के लगत्तै सार्कीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि उनले मनग्य आम्दानी गर्दै आएका हुन् ।

अहिले दैनिक १० देखि १२ किलोसम्म तरकारी विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक सार्कीले बताए । सार्कीले तरकारीको सिजनमा आफ्नो तरकारी बारीमा आलु, बन्दा, काउली, भिण्डी, तीतेकरेला, चिचिण्डा, मुला, रायो, भाजी टमाटर, गोलभेडा आदि फलाउने गर्दछन् ।

तरकारी व्यवसायबाट सार्कीले दाम मात्र होइन छेडागाड नगरपालिकामै नमुना कृषि व्यावसायको रुपमा नाम कमाएका छन् । र, उनी हरियाली कृषक समुहका अध्यक्ष समेत हुन् । यही व्यवसायबाट पाँच छोरी र एक छोराको लालनपालन, पठनपाठन आदि कार्यमा सहज भएको सार्की बताउँछन् ।

कम लगानी र थोरै परिश्रममा छोटो समयमा घरमै बसीबसी मनग्य कमाई गर्न सकिने भएपछि युवा स्वदेशमा नै पसिना बगाउनु पर्ने सार्की बताउँछन् । गाउँमै बसेर तरकारी व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उनको भनाइ छ ।

केही वर्ष पहिले सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्धारा सञ्चालित एकीकृत परियोजना, बालकल्यानका लागि जीविकोपार्जन तथा पोषण सुधार कार्यक्रम अन्तरगत युवाहलाई सीप विकासबाट तरकारी खेती सम्बन्धि तालिम लिएर सार्कीले उक्त व्यवसाय थालेका हुन् ।

तरकारी खेती गर्नका लागि आवश्यक सामाग्री पनि सेभ द चिल्ड्रनले उपलब्ध गराएको थियो ।

Leave a comment

Your email address will not be published.


*