20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

सातै प्रदेशमा सरकारी मेडिकल स्टोर खोल्ने

          |   प्रकाशित मितिः आइतवार, माघ २८, २०७४     3:32:23 PM  | 21 पटक पढिएको   |  

सरकारले सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी गरेको छ । सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधी सहज रुपमा उपलब्ध गराउन मेडिकल स्टोर खोल्ने तयारी भएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलका अनुसार स्थानीय स्तरमा सहज रुपमा औषधी उपलब्ध गराउन प्रत्येक प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी सुरु भएको हो । “स्थानीय तहमा मेडिकल स्टोर रहँदा सबैलाई औषधीमा सहज पहुँच होस् भनेर नै सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारीमा भएको हो, उनले भने, “भौगोलिकता अध्ययन गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ मेडिकल स्टोर खोलिने छ ।”

हाल टेकुस्थित आपूर्ति व्यवस्था महाशाखा र २ नम्बर प्रदेशमा बाराको पथलैयामा केन्द्रीय मेडिकल स्टोर रहेका छन् । स्वास्थ्य मन्त्रालयले उक्त केन्द्रीय मेडिकल स्टोरबाट प्रदेशमा रहेका क्षेत्रीय मेडिकल स्टोरमा सरकारले उपलव्ध गराउने सबै प्रकारका औषधि उपलव्ध गराउने गरेको छ ।

प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर ३ को हेटौँडा, प्रदेश नम्बर ५ को बुटवल र नेपालगञ्ज तथा प्रदेश नम्बर ७ को धनगढीमा क्षेत्रीय मेडिकल स्टोर रहेका छन् । प्रदेश नम्बर ४ र ६ मा सरकारी मेडिकल स्टोर छैनन् । केन्द्रबाट भन्दा प्रदेशबाट औषधी समयमा वितरण हुने भएपछि सरकारले सबै प्रदेशमा मेडिकल स्टोर खोली औषधि वितरण गर्ने तयारी गरेको आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*