20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

जाजरकोटका एक युवाले सिलाई कटाई गरेरै जीवन शैली बदले

          |   प्रकाशित मितिः आइतवार, माघ २८, २०७४     2:43:48 PM  | 133 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटका एक युवाले सिलाई-कटाई गरेरै आफ्नो जीवन शैली बदलेका छन् । छेडागाड नगरपालिकाका -९, का अमर बस्नेतले सिलाई-कटाई गरेर प्रत्येक महिनाको २५ देखि ३० हजारसम्म कमाउन थालेपछि जीवन शैली बदलेका हुन् ।

गत वर्ष सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्धारा सञ्चालित एकीकृत परियोजना, बालकल्यानका लागि जीविकोपार्जन तथा पोषण सुधार कार्यक्रम अन्तरगत युवाहरुलाई सीप विकासबाट बस्नेतले सिलाई कटाई सम्बन्धि तालिम लिएका थिए ।

उक्त तालिम लिनुभन्दा पहिले कालापहाड (भारत) जानुपर्ने बाध्यता थियो । कालापहाड नगए बस्नेतको जीविकोपार्जन गर्ने अर्को कुनै माध्यम पनि थिएन । थोरै पाखाबारी, खेत थियो । वर्षभरी काम गरेर तीन महिना खाना पुग्दैन्थ्यो । घरमा श्रीमति, दुई छोरी र एक छोराको लालनपालन, पढाउनु, लेखाउनु उनका लागि उतिकै चुनौति थियो । तिनै चुनौति सामाना गर्न वर्षेनी उनी कालापहाड (भारत) को पञ्जाव, हरियाना जस्ता ठाउँमा गएर ज्याला, मजदूर गरेर घर खर्च टार्ने, बालबच्चाको बढाई, लेखाईका लागि खर्च जुटाउने गर्दथे ।

गत वर्ष गत वर्ष सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्धारा सञ्चालित एकीकृत परियोजना, बालकल्यानका लागि जीविकोपार्जन तथा पोषण सुधार कार्यक्रम अन्तरगत युवाहलाई सीप विकासबाट बस्नेतले सिलाई कटाई सम्बन्धि तालिम लिएपछि उनको दैनिकी बदलिएको छ ।

६ महिदनासम्म उनले सिलाई-कटाईको तालिम मेहनताका साथ सिकेका थिए । बस्नेतले उक्त तालिम सिकेपछि जीवन जिउने शैली फेरिएको छ । छेडागाड नगरपालिका -९, मा उनले सिलाई-कटाई पसल थापेर लेडिज र जेन्सका सबै प्रकार र साइजका कपडा सिलाउँछन् ।

बस्नेत भन्छन्, –‘सिलाई कटाई तालिम सिकेपछि मेरो मासिक आम्दानी मात्रै बढेको छैन, मानसम्मान पनि त्यतिकै बढेको छ ।’ दुई पैसाको आम्दानी नहुँदा आफ्ना छरछिमेकले समेत हेला गर्ने गर्दथे तर हिजो, आज २५/३० हजार आम्दानी देखेर छरछिमेक, आफन्त, इष्टमीत्र समेतले सम्मान गर्ने गरेको बस्नेत बताउँछन् । पहिले, पहिले दलित समुदायको पेशा अंगाल्ने भन्दै घरपरिवारबाटै दबाब आयो तर मैले सिलाई-कटाई गर्न छोडिन र दिनहु, महिनौ पैसा आउने भएपछि आफन्त सबै खुसी भएको बस्नेत बताउँछन् । सीप सिक्नलाई कुनै जात, धर्म, लिङ्ग र पेशाले फरक नपर्ने बस्नेतले बताए ।

बस्नेत आफ्नो जिउने जीवन शैली बदलिदिने पाँचतारा युवा संरक्षण मञ्चप्रति आफू आभारी भएको समेत बताए ।

त्यसैगरी पाँचतारा युवा संरक्षण मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बस्नेत मात्रै नभएर जिल्लाका धेरै युवाहरुलाई स्वदेशमै स्वरोजगार र सीप सिकाउने आफूहरुको उद्देश्य रहेको बताए ।

त्यस्तै छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले बस्नेतले सिकेको सीपको सदुपयोग गरेको बताए । सीप र जागर भए स्वदेशमै स्वरोजगार गरेर बस्नेत झैं आम्दानी गर्न अरुलाई समेत आग्रह गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*