20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

जाजरकोटमा सेनाले शहीदको स्मारकमा माल्यार्पण गरेर मनाए, शहीद दिवस

          |   प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४     7:24:20 PM  | 85 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटमा नेपाली सेनाले शहीद दिवस शहीदको स्मारक र फोटोमा माल्यार्पण गरेर मनाएको छ । हरेक वर्षको माघ १६ गते मनाउँदै आएको शहीद दिवसको अवसरमा यस वर्षको माघ १६ गते पनि नेपाली सेनाले शहीदको स्मारक र फोटोमा माल्यार्पण गरेर उक्त दिवस मनाएको हो ।

जिल्ला सदरमुकाम खलंगामा रहेको ज्वालादलगण मालिका व्यारेकमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर शहीदको स्मारक र फोटोमा माल्यार्पण गरेर शहीद दिवस मनाएको ज्वालादलगण मालिका व्यारेक जाजरकोटले जनाएको छ ।

तत्कालिन १२ वर्षे जनयुद्धमा आफ्नो ज्यानको प्रवाह नगरी स्वतन्त्र र निश्पक्ष भावनाले लड्दा लड्दै बलिदानी दिने अमर शहीद (अमलदार) धर्म न्यौपाने, लोकेन्द्र भट्ट र राजेन्द्र चौधरीको स्मारक र फोटोमा माल्यार्पण गरेर शहीद दिवस मनाएको ज्वालादलगण मालिका व्यारेक जाजरकोटका गणपति एवं प्रमुख सेनानी शैलेन्द्र कोइरालाले बताए ।

Leave a comment

Your email address will not be published.


*