20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

जाजरकोटमा गैरसरकारी संस्थाको नाममा ठगी गर्ने जोडीलाई कैद

          |   प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४     10:42:56 AM  | 304 पटक पढिएको   |  

जिल्ला अदालत जाजरकोटले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा ठगी गर्ने जोडीलाई कैद र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासले काठमाडौं महानगरपालिका गंगबुका अनिल अधिकारी र उनकी श्रीमती सरस्वतीलाई जरीवानासहित एक वर्ष कैद सजाय फैसला गरेको हो ।

सोमबार बसेको इजलासले ठगी गर्ने जोडीलाई जनही १ वर्ष कैद र १ लाख ३३ हजार जरिवाना तोकेको श्रेस्तेदार अधिकृत मेघराज चापागार्इंले बताए ।

प्रहरीले गत साउनमा उनीहरूले १ लाख ३३ हजार ठगी गरेको भन्दै मुद्दा दर्ता गरेको चापागार्इंले जानकारी दिए । प्रहरीले अनिलको जोडीलाई गत साउनमै सदरमुकामको शान्तिचौतारास्थित हिलपार्क होटलबाट ठगेको रकम र नक्कली कागजपत्रसहित नियन्त्रणमा लिएको थियो । अधिकारीको जोडीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसिजेमार्फत अनुदान वितरणका लागि बैंकमा खाता खोल्ने निहुँमा ठगी गरेका थिए । उनीहरूले उक्त नक्कली संस्थाका नाममा कुशे गाउँपालिका ५ खुर्पा, ढिमे र दम्दालाका गरिब तथा दलितबाट कृषि तथा गरिबी निवारण समूह गठन गरेरठगेका हुन् ।

गरिब, दलित, जनजाति, एकल महिला, असहायलगायत कृषि समूहका प्रतिसदस्यलाई एसिजेले आयआर्जनका लागि ५० हजारदेखि २ लाख अनुदान दिने भन्दै प्रतिसदस्यबाट अग्रिम ६ हजार असुलेको प्रमाणकाआधारमा कैद जरिवाना भएको चापागाईंले बताए ।

अनिल जोडीले खुर्पाका डिलबहादुर बादी, दिलसरा बादी, लक्ष्मी बादी, धना बादी, कालिका रावललगायतबाट आयआर्जन तथा जीविकोपार्जनका लागि अनुदान वितरण गर्ने झूटो प्रचार गरेर १ लाख ३३ हजार ठगेको उनले बताए । उनीहरूले एसिजे अन्तर्राष्ट्रिय स्तरको संस्था भएको भन्दै ठगी गरेको उनले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*