23 April 2018|   सोमवार, बैशाख १०, २०७५

अमेरिकामा गोली हानी एक नेपालीको हत्या, हेर्नुहोस् (भिडियो सहित)

          |   प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     8:32:49 AM  | 59 पटक पढिएको   |  

अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सस राज्य गारल्यान्ड सहरस्थित उक्जोन पेट्रोल पम्पसँगै पसल सञ्चालन गर्ने मनीष पाण्डेलाई लुटेरा समूहले गोली हानी हत्या गरेको हो ।

मनिषकी श्रीमती पाँच महिनाकी गर्भवती छिन् । टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्स को एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरुसँग भिडन्त भएको थियो ।

एक्जोन सर्व सुलभ पसलमा उक्त घटना भए लगत्तै एक पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए । उक्त पसलमा जडान गरिएको सिसिटिभी भिडियो फुटेजपछि प्रहरीले घटनामा संलग्न दुई जना रहेको देखिएको छ । अमेरिकन अफ्रिकन लुटेराले पसलका क्लर्क ३५ बर्षिय मनिष पाण्डेलाई गोली प्रहार गरी हत्या गरेको भिडियोमा देखिएको छ ।

संदिग्ध दुवै लुटेराहरुको हुलिया मध्ये एक को ६ फिट तथा दोश्रो ५ फिट ९ इन्च उचाई रहेको र दुवैले टाउको सम्म छोप्ने ज्यालेट अंगिका लगाएका थिए । लुटेरा तथा हत्याराहरुको सूचना दिने लाई ५ हजार डलर पुरस्कार दिने प्रहरीले घोषणा गरेको छ ।

भिडियो

Leave a comment

Your email address will not be published.


*