20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

आज देशभरका निजी विद्यालय बन्द रहने

          |   प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     10:47:23 AM  | 39 पटक पढिएको   |  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज  देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान निधन भएको थियो । पोखरेलको निधनपछि बसेको प्याब्सनको आकस्मिक बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झन्डा झुकाउनेसमेत निर्णय गरेको छ । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

पोखरेल मुटु रोगबाट पीडित थिए । उनी विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत हुन् । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा. पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने महासचिव बानियाँले बताए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए ।

Leave a comment

Your email address will not be published.


*