24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

अपहेलना ठहर भए डा. गोविन्द केसीलाई कति हुन्छ सजाय ?

          |   प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     10:30:28 AM  | 71 पटक पढिएको   |  

सर्वोच्च अदालतको फैसलाविरुद्ध अनावश्यक भ्रम सिर्जना गरेको अभियोगमा डा. गोविन्द केसीमाथि सर्वोच्च प्रशासनले अपहेलना मुद्दा दर्ता गरेको छ । मुद्दामा सोमबार नै सुनुवाइ गरी मंगलबार बयानका लागि अदालतमा पेश गर्न आदेश भए अनुसार केसीलाई सोमबार राति नै पक्राउ गरिएको छ ।

मंगलबार अदालतमा बयान सुरु हुनेछ । इजलासले बयान मंगलबार नसकेको अवस्थामा निरन्तर राख्नेछ । न्याय प्रशासन ऐन २०७३ को दफा १७ न्याय सम्पादनको काम कारबाहीमा अवरोध गरेमा, फैसला वा आदेशको कार्यान्वयनमा अवरोध गरेमा अपहेलनामा कारबाही चलाउन सक्ने अधिकार अदालतहरुलाई दिएको छ । फैसला वा आदेश गर्ने अदालत स्वयंमले टिप्पणी उठाइ वा सार्वजनिक जानकारीमा आएका विषयमा परेका मुद्दामा अदालतले कारबाही गर्न सक्नेछ ।

ऐनको दफा १७ (४) को व्यवस्था अनुसार केसीले अदालतको अपहेलना गरेको ठहर गरेमा  एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । अदालतले दुबै सजाय समेत गर्न सक्नेछ ।

अदालतसामु क्षमा मागेमा अदालतले सजाय कम गर्न वा क्षमाबाट सन्तुष्ट भएमा माफी दिन पनि सक्नेछ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार न्यायाधीशले आफ्नो मुद्दा आफै हेन पाउँदैनन् । तर, अपहेलना मुद्दामा आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाउने अपवादको कानुनी व्यवस्था छ ।

Leave a comment

Your email address will not be published.


*