20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

असमान पारिश्रमिकको विषयलाई लिएर बीबीसीकी सम्पादकले दिइन् राजीनामा

          |   प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     7:57:57 AM  | 82 पटक पढिएको   |  

बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् ।ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् ।

३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् । उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् ।

तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*