23 June 2018|   शनिबार, असार ९, २०७५

जाजरकोटमा अत्याधिक चिसोका कारण ११ वटा बाख्रा मरे

          |   प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     7:42:19 PM  | 95 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटमा अत्याधिक चिसोका कारण ११ वटा बाख्रा मरेका छन् ।

अत्याधिक चिसोका कारण एक हप्ताको अवधिमा बारेकोट गाउँपालिका –१, तलिआगरका ८ घरमा पालिएका झण्डैं ११ वटा बाख्रा मरेको स्थानीय सीता बुढाले जानकारी दिइन् । त्यस क्षेत्रमा बाख्रा मरेको खबर पाए लगत्तै जिल्ला पशुसेवा कार्यालय खलंगा जाजरकोटबाट पशपंक्षि उपशाखाका ईञ्चार्ज गोविन्द सिंहको नेतृत्वमा स्वास्थ्कर्मीको टोली उपचारका लागि घटना स्थलमा पठाईएको जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख सुमीन्द्र यादवले बताए ।

अहिले पनि त्यहाँ पाँच सय भन्दा बढी बाख्रा बिरामी परेका छन् । ती बाख्राको उपचार भइरहेको पशुसेवा कार्यालयका प्रमुख यादवले बताए । बिरामी परेका बाख्रामा टाउको, पेट, जीब्रो सुनिने, पातलो दिसा गर्ने, सिँगान बग्ने, ज्वरो आउने, खोक्ने जस्ता लक्षण देखा परेको छन् ।

बिरामी परेका बाख्राको लक्षण देख्दा तिनमा कडा खालको निमोनिया रोग लागेको हुनसक्ने आशङ्का पशुसेवा कार्यालयका कार्यालय प्रमुख यादव गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*