24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

हिमालको काखमा लुटपुटिएको रारा तालः पर्यटकहरु लोभ्याउँदै

          |   प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     8:58:01 AM  | 58 पटक पढिएको   |  

हिमालको काखमा लुटपुटिएको रारा ताल पुग्ने रहर कस्को नहोला र ? तर सबैको पहुँच असम्भव पनि छ । अहिले रारातर्फ लम्केका पाइलाहरुको हिसाब गर्ने हो भने कम छैन् । देश विदेशमा प्रकृतिप्रेमीहरुको रोजाईको गन्तव्य बनेको रारा पुग्ने पाइलाहरु हरेक मौसममा थपिदो छ । राष्«िटय निकुञ्जको कार्यालयले रारामा घुम्न आउर्ने बाह्य पर्यटकहरुको मात्र अभिलेख राख्ने गरेको छ । तर उस्लाई आन्तरिक पर्यटकको अभिलेख राख्ने तर्फ भने कुनै मतलब नै छैन् ।

रारा आउने पर्यटकहरुको अभिलेख राख्न नसक्दा आन्तरिक पर्यटक कत्ति आए भन्ने तथ्यांक नै बाहिर आउन सकेको छैन । नेपाल भन्दा बाहिरी देशबाट रारा घुम्न आउने पर्यटकहरुलाई मात्र पर्यटक मान्ने गरेका कारण आन्तरिक पर्यटकको तथ्यांक राख्न नसकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशिखर चौधरीको स्वीकारोक्ति छ ।

५ दशमलव १ किमी लम्बाई, २ दशमलव ७ किमी चौडाई र १६७ मिटरमा गहिरो राराको पूर्ण सौन्द्धर्य नियाल्न मुर्माटपसम्म पूग्नै पर्ने हुन्छ । समुन्द्र सतहदेखि ३ हजार ६ सय ३० मिटरको उचाईमा रहेको मुर्माटपबाट २ हजार नौ सय ७२ मिटरमा रहेको राराताललाई पूर्णरुपमा हेर्न सकिन्छ । रारा घुम्न आउनेहरुले मुर्माटप पूगे पछि दर्जन बढी हिमालहरु अवलोकन गर्न सक्छन् । राराबाट २ घण्टा ठाडो उकालोमा रहेको चुचेमारा लेक तिर जादा कस्तुरी, भालु, बदेल, रेडपाण्डा, निगाले बाघ, जस्ता जनावर र कालीज डाफे, मुनाल, च्याखुरा , काडेभ्याकुर लागायत बिभिन्न जातका चरा चरचुरीङ्कगी, २ सय भन्दा बढी प्रजातिका फूलहरु अवलोकन गर्न सकिन्छ ।

तीन दशक निमार्णको अवधिपछि कालपत्रे भई रारा विमानस्थल नियमित संचालन भएपछि र २०६९ सालमा सदरमुकाम गमगढीसम्म राष्ट्रिय सडक संजाल जोडिएसंगै रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या हवात्तै बढेको छ । तर पर्यटकहरुलाई आवास लगायतका पूर्वाधार रारामा उपलब्ध नहँुदा भने रारा बसाई असहज हुने गरेको छ ।

नेपालले पाएको धेरै अतुलनीय प्राकृतिक उपहारमा चमत्कारिक उपहार हो रारा । प्रकृतिले दिएपछि भौतिक हिसाबमा सरोकारावाला पक्षले गर्न यहाँ धेरै बाँकी छ । रारा पुग्नेहरुको बसाई लम्ब्याउन स्तरीय होटलको माग पर्यटक र स्थानीयवासीले धेरै अघिदेखि गर्दै आएका हुन् । काठमाडौं उपत्यका र प्रमुख शहरहरुमा रिसोर्ट र होटल खोल्न होडबाजी गर्नेहरुको ध्यान रारामा नपुग्नु आश्चर्यको विषय बनेको छ ।

Leave a comment

Your email address will not be published.


*