23 June 2018|   शनिबार, असार ९, २०७५

राष्ट्रिय सभा निर्वाचन माघ २४ गते, नयाँ सरकार कहिले ?

          |   प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     7:56:56 AM  | 69 पटक पढिएको   |  

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो । आयोग स्रोतका अनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणाम आउने भएकाले आयोगले छिटोमा फागुन १५ गते सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाउन सक्ने सम्भावना रहेको छ  ।

राष्ट्रिय सभाको मतगणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले त्यसले कम्तीमा २ देखि ३ दिन समय लिन सक्ने अनुमान छ । ‘परिणामपछिका आवश्यक प्रक्रिया पूरा गरेर दललाई समानुपातिक सिट बाँडफाँट र पत्राचार माघ ३० गते गर्ने सम्भावना रहन्छ,’ स्रोतले भन्यो, ‘विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलले न्यूनतम ७ दिन पाउने छन् ।

प्राप्त सूचीमा न्यूनतम २ दिनको छानबिनपछि नमिलेको विषय मिलाउन दलले ३ दिन पाउने छन् । यी सबै काम सक्दा फागुन १० गते कट्ने सम्भावना छ ।’ यसरी अगाडि बढदा नयाँ सरकार गठन फागुन दोस्रो सातापछि पुग्ने देखिन्छ ।

Leave a comment

Your email address will not be published.


*