18 January 2018|   बिहिबार, माघ ४, २०७४

जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको क्याम्पस प्रमुखमा चन्द्रबहादुर बुढा

        नरेश राना मगर   |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     5:21:57 PM  | 169 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको क्याम्पस प्रमुखमा चन्द्रबहादुर बुढा नियुक्ती भएका छन् । क्याम्पसमा कार्यरत स्थायी, अनुभवी र दक्षताका आधारमा उक्त क्याम्पस प्रमुखमा बुढा नियुक्ती भएका हुन् ।

जिल्लाकै सबैभन्दा पुरानो क्याम्पसमा विगत केही वर्षदेखि यता क्याम्पस प्रमुख मोहनविक्रम शाह भएपनि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि शाहले क्याम्पस प्रमुखबाट राजीनामा दिएका छन् । उनले राजीनमा दिएसँगै क्याम्पस प्रमुखको रिक्त दरबन्दीका लागि स्थायी, अनुभवी र दक्ष प्राध्यापकका आधारमा प्रमुखमा चन्द्रबहादुर बुढालाई नियुक्ती गरिएको क्याम्पस सञ्चालक समिति जाजरकोटले जनाएको छ ।

क्याम्पसमा कार्यरत स्थायी अनुभवी, शैक्षिक नेतृत्व लिन सक्ने वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुखमा नियुक्ति गर्ने प्रावधान छ । जसअनुसार प्रमुख पदका लागि योग्य र नेतृत्व लिनसक्ने भएकोले बुढालाई नै प्रमुखमा नियुक्ती गरिएको क्याम्पस सञ्चालक समिति एवं जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए ।

क्याम्पस प्रमुखमा नियुक्ती भएसँगै बुढाले भेरी ज्ञानोदय क्याम्पसको भौतिक एवं शैक्षिक वातावरणमा सुधार ल्याउने बताएका छन् । आफू कुनै राजनीतिक प्रलोभनमा नपरी क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि भलाई हुने कार्य गर्ने बुढाको दाबी छ ।

Leave a comment

Your email address will not be published.


*