17 January 2018|   बुधबार, माघ ३, २०७४

छोराले बाबुको हत्या गरे

        सलिम अन्सारी   |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     10:40:28 AM  | 33 पटक पढिएको   |  

प्युठान – बिहीबार साँझ प्युठानमा छोराले आफ्नै बाबुको हत्या गरेका छ । जिल्लाको सरुमारानी गाउँपालिका ५, बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाँम्चाले ५४ वर्षीय बाबु रैसिङ खाँम्चाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दाउराको प्रहारबाट घाइते रैसिङको उपचारको क्रममा गएराती बुटवलमा मृत्यु भएको हो ।

आमाबुवा दुबैलाई हत्या प्रयास गरिएपनी सिकिस्त घाइते रहेकी उनकी आमाको बुट्वलमा उपचार भइरहेको छ । बिहीबार साँझ घरमा घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपछी छुट्टाउन जांदा आफ्नै बुबालार्इ पनि दाउरा प्रहार गरेको बुझिएको छ ।

मोहनलालले बाबु रैसिङलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरिले बताएको हो । हत्यापछि मोहोनलाललार्इ स्थानीयले नियन्त्रण लिएर स्थानीय प्रहरिलार्इ बुझाकउका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रमुख एवं डिएसपी राजेन्द्र पोख्रेलले घट्ना दुःखद भएको बताउँदै घटना कसरी, किन र कुन परिस्थितिमा घटेको छ यसबारे अनुसन्धान गर्ने बताएका छन् ।

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट विशेषज्ञ टोलि घटनास्थल पठाउने तयारी भएको पोख्रेलले जानकारी दिए । झण्डै दुई बर्ष जति सोलुखुम्बु स्थित एक हाइड्रोपावरमा ट्याक्टर चलाउदै आएका सोनु भनेर चिनिने मोहोनलाल हप्तादिन अघि बुबा विरामी रहेको भन्दै घर आएका थिए । घटनास्थल सरुमारानी गाउंपालिकाको केन्द्र बड्डडाँडा बजार देखि झण्डै ७ किलोमिटर पश्चिममा पर्छ ।

Leave a comment

Your email address will not be published.


*