21 June 2018|   बिहिबार, असार ७, २०७५

पूर्वी रुकुमका विद्यालय १५ दिन बन्द

          |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     10:21:33 AM  | 48 पटक पढिएको   |  

अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलाराम खड्काले जनाकारी दिएका छन् ।

चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखाला लगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक खड्काले बताए ।

गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५ मा सञ्चालन हुने उनले वताए ।  विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*