20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

जाजरकोट महोत्सवमा गायक जय देवकोटालाई काँधमा राखेर दर्शकले घुमाए फनफनी

          |   प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     7:20:22 PM  | 217 पटक पढिएको   |  

जाजरकोट – दोस्रो जाजरकोट महोत्सवमा लोक तथा दोहोरी गायक जय देवकोटाले गीत गाएपछि दर्शक खुसीले हौंसिदैं काँधमा राखेर फनफनी घुमाएका छन् । पातलो–पातलोे अग्लो कद, सुन्दर एवं हिस्सी परेका गायक देवकोटाले टप्पा, सिंगारु जस्ता गीत के गाएका थिए, दर्शक खुसीले हौंसिएर मञ्चबाटै उठाएर काँधमा राखि मज्जाले फनफनी घुमाएका हुन् ।

आइतबार गायक देवकोटाले धित मरुञ्जेल गाउँदा झण्डैं तीन हजार दर्शकले उनका गीत सुन्न, हेर्न भने कदापी धित मारेनन् । उनले लोकदोहोरी, टप्पा, सिंगारु, ठाडीभाका जस्ता सर्वसाधारणले सुन्ने र प्रष्ट बुझ्ने गीत गाएपछि युवा दर्शकहरुले काँधमा राखेर घुमाए । भने, बुढापाकाहरुले मस्कीमस्की नाँचे ।

तुलनात्मक रुपमा उनका लोकदोहोरी गीत भन्दा जाजरकोट, रुकुम, सल्यान, सुर्खेत लगाएतका जिल्लाहरुमा गाइने पौराणिक लोकभाका गाउने भएकोले उनी राष्ट्रिय स्तरमा जति चर्चित छन् । त्यतिकै स्थानीय स्तमा पनि चिनिएका छन् । नेपाली मौलिकपन अर्थात् प्रत्येक जनको जीब्रो वा ओठले सहजै उनका गीत बोल्न र गाउन पनि सकिन्छ । त्यसैले होला गायक देवकोटा जाजरकोटका मेला, महोत्सवमा कहिल्यै नछुट्ने मौका पाउँछन् ।

जाजरकोटका झण्डैं दर्जन बढी मेला तथा महोत्सवमा जय देवकोटाले मौका पाएकै हुन्छन् र दर्शकहरुले त्यतिकै माया गरेर उनका गीतसंगीत सुनेर माया पनि गरेका हुन्छन् । गायक देवकोटाको नाम सुन्ने बित्तिकै निकै रुचाउँने जाजरकोटमा उनका फ्यान र दर्शकहरु देवकोटाको आवाज सुन्दैमा मख्ख पर्ने गर्दछन् । उनी प्राय स्थानीय भाषा-भाषीका लोकगीत, टप्पा, सिंगारु, ठाडीभाका जस्ता गीतहरु दुरुस्तै गाउने भएर होला, गायक देवकोटा बिना जाजरकोटका मेला, महोत्सवहरु खल्लो हुन्छन् भन्छन्, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा जाजरकोटका अध्यक्ष जय रावल ।

त्यस्तै दोस्रो जाजरकोट महोत्सवका संयोजक एवं उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्री भन्छन्, ‘गायक देवकोटा लोकदोहोरी गीत गाउन जति सिपालु छन्, त्यो भन्दा टिप्पीकल गीत गाउनमा झन् माहिर गायक भएकोले पनि उनलाई जिल्लाका मेला, महोत्सवमा निम्ता नगरे दर्शकलाई खल्लो हुने गर्दछ ।’

पश्चिम रुकुम घर भई हाल काठमाण्डौंलाई कर्म थालो बनाउँदैं आएका गायक देवकोटा स्थानीय स्तरदेखि राष्ट्रिय स्तसम्ममैं लोक तथा दोहोरी गायनबाटै ख्याती कमाएका गायक हुन् । उनले थुप्रै राष्ट्रिय अवार्ड पनि जितेका छन् । उनले लोक तथा दोहोरी गीत र स्थानीय लोकभाका गरी झण्डैं पाँच सय भन्दा बढी गीतसंगीतमा आवाज भरिसकेका छन् । मीठो स्वरका धनी गायक देवकोटाले पछिल्लो चरणमा दर्जन बढी गीतमा पनि अभिनय गरेको बताउँछन् ।

गायक देवकोटाले महोत्सवमै भने, ‘विशुद्ध जाजरकोटका दर्शक एवं स्रोताहरुकालागि आफूले एउटा टप्पा गीत तत्काल बजारमा ल्याउने छु ।’

त्यस्तै उक्त महोत्सवमा लोक तथा दोहोरी गायिका सुशिला गौतम नर्तकी लक्ष्मी बोहरा आदिले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।

Leave a comment

Your email address will not be published.


*