18 January 2018|   बिहिबार, माघ ४, २०७४

दोस्रो जाजरकोट महोत्सवः एक लाख राशिको भलिबल खेलको पुरस्कार ज्वालादल गणले हात पार्यो

          |   प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     12:33:24 PM  | 176 पटक पढिएको   |  

जाजरकोट – दोस्रो जाजरकोट महोत्सवमा अहिलेसम्मकै ठूलो धनराशि भएको भलिबल खेलको पुरस्कार ज्वालादल गण मालिका ब्यारेकले हात पारेको छ । उक्त महोत्सवकै आकर्ष एवं रोचक खेलको एकलाख धनराशिको पुरस्कार ज्वालादल गण मालिका व्यारेक जाजरकोटले हात पारेको हो ।

१२ गतेदेखि सुरुभएको भलिबल खेलमा जम्मा १२ वटा टिम प्रतिस्पर्धामा थिए । जसमध्ये प्रथम पुरस्कार ज्वालादल गण मालिका व्यारेक जाजरकोटले हात पारेको छ । भने, प्रथम पुरस्कार राशि एकलाख पनि ज्वालादल गण मालिका व्यारेक जाजरकोटले नै हात पारेको हो ।

एक लाख धनराशिको पुरस्कार आफ्ना जवान टिमले हात पारेसँगै जवानहरुको थप मनोबल र हौसला बढेको ज्वालदल गण मालिका व्यारेका गणपति एवं कर्णेल शैलेन्द्र कोइरालाले बताए ।

त्यस्तै ५० हजार धनराशिको द्वितीय पुरस्कार न्यु रुकुमेली उमङ्ग ज्वैलर्स पश्चिम रुकुमले जितेको छ । भने, २५ हजार धनराशिको तृतीय पुरस्कार तिलक ज्वैलर्स जाजरकोटले जितेको छ । तृतीय पुरस्कार २५ हजार धनराशि आफ्नो खेल समुहले जितेपछि आफू खुसी भएको तिलक ज्वैलर्सका प्रोप्राईटर तिलक स्वर्णकारले बताए ।

महोत्सवको सबैभन्दा आकर्षक र रोचक भलिबल खेलको आयोजना गर्न पाउदा आफूलाई निकै हर्षीत र गौरव महशुस भएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष एन.वी. बस्नेतले बताए । यसका साथै आगामी वर्षमा यो भन्दा ठूलो धनराशिकाे खेलकुदको आयोजना गर्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*