20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

दोस्रो जाजरकोट महोत्सवको तेस्रो दिनः सिंगारु नाँचले पाँच हजार दर्शक र सांसद शाही लठ्ठै

          |   प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४     7:38:15 PM  | 227 पटक पढिएको   |  

जाजरकोट – कम्मरमा मादल, हातमा झ्याली, खुट्टामा नेवर, हातमा रुमाल लिएर श्रृङ्गार, पटार गरेर चिट्टिकै परेका १० जनाको एक समुह महोत्सवको स्टेजमा उक्लियो । र, गीत गाउन थाले,

‘पाटनैका पल्लपट्टी बुकी फुल्यो पाती,
चिठ्ठी राख्नु बाकसैमा माया राख्नु थाती ।’

यही गीत तीन महिला, दुई पुरुषले गाउँदै थिए । श्रृङ्गार पट्टार गरेर चट्टै परेका एक महिला र एक पुरुष जुरुक्कै उठेर नाँच्न थाले । त्यसपछि पाँच हजार दर्शक र सांसद मनमनै छमछमी नाँचे होलान् । तर, बाहिर हेर्दा भने मख्खै परेका थिए ।

दोस्रो जाजरकोट महोत्सवको तेस्रो दिन, विभिन्न लोकझाँकी प्रस्तुत गरिएपनि सिंगारु नाँचले भने दर्शक र जाजरकोट जिल्ला क्षेत्र नम्बर -२, का नवनिर्वाचित सांसद करबीर शाहीलाई लठ्ठै पारिदियो ।

‘सिंगारु’ शब्दै काफी छ । सिंगारु नाँचका लागि पुरुषले महिलाको पहिरण पहिरिएर नाँच्ने नाँच हो । मान्छे पुरुष भएपनि महिलाले लगाउँने गुन्यू, चोली, सिन्दुर, र चुरापोते लगाएर चिट्टिकै परेर दर्शकलाई सकरभर नचाउँने नत्र लठ्ठै पार्ने यो नाँचको उद्देश्य हो । यो नाँचमा पुरुष बाहेक महिलाले गाएको, नाँचेको कमै देख्न पाईदैन ।

तर, यस्ता नाँच गाउँघर बाहेक, शहर, बजार तिर कमै देख्न पाईन्छ । आज (शुक्रबार) महोत्सवको तेस्रो दिनमा प्रस्तुत गरिएको भेरी नगरपालिका –१, को स्थानीय सिंगारु नाँचले जाजरकोट र छिमेकी जिल्ला रुकुम, सल्यान, सुर्खेत लगाएतका जिल्लाबाट आएका झण्डै पाँच हजार दर्शक र जाजरकोट जिल्ला क्षेत्र नम्बर –२, का सांसद करबीर शाहीलाई लठ्ठै पार्यो ।

जिल्लाको भेरी नगरपालिका, त्रिवेणी नलगाड, छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा विशेष गरेर यो नाँच नाँच्ने गरिन्छ । यो नाँच नाँच्नका लागि गीतका टुक्का जस्ता भएपनि नाँचको ताल भने मिलेको हुनुपर्छ ।

यो नाँच चाडपर्व, मेला, महोत्सव, रुद्री र पूजापाठमा बाहेक अरुबेला कमै नाँचेको देख्न पाईन्छ । यो नाँचलाई देशैभर प्रचार–प्रसार गर्न सके अन्य जिल्लाका बासिन्दाहरुले पनि नाँच्न रुचाउँने नाँच हो भन्छन्, -जाजकोटका साहित्यकार एवं लेखक राजुराजा सिंह ।

त्यस्तै नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सचिव दीपबहादुर घर्तीले सिंगारु नाँचलाई पुस्ता हस्तान्तरण एवं यो नाँचका विज्ञहरुले पछिल्लो पुस्तालाई नाँच्न प्रेरित र हसौला प्रदान गरे जिल्लाका ७ वटै स्थानीय तहका युवाहरुले पनि नाँच्न सिक्ने बताए । साथै यो नाँचलाई देश, विदेश प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्यान सकिने केन्द्रिय सचिव घर्ती बताउँछन् ।

Leave a comment

Your email address will not be published.


*