21 November 2018|   बुधबार, मंसिर ५, २०७५

नेपाली युवा परमाणु वैज्ञानिकले नेपालमा काम नपाएपछि भारतमा रोजगारी

          |   प्रकाशित मितिः बुधबार, पुस १२, २०७४     7:58:01 AM  | 142 पटक पढिएको   |  

नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैँले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर, नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ।

ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।

‘न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ,’ युवा वैज्ञानिक रोहितले भने, ‘परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।’

Leave a comment

Your email address will not be published.


*