18 January 2018|   बिहिबार, माघ ४, २०७४

रुकुमका नवनिर्वाचित सांसद्ले नै तिरेनन् सहकारी संस्थाको ऋण

          |   प्रकाशित मितिः शनिबार, पुस ८, २०७४     9:11:41 PM  | 118 पटक पढिएको   |  

रुकुम – रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृषक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् । २०६८ सालमा युवा स्वरोजगार कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास बैंक लिमिटेडबाट साबुन उद्योग सञ्चालन गर्ने भन्दै चार लाख रुपयाँ ऋण लिएका थिए ।

उक्त संस्थाले मासिकरुपमा व्याज तिर्नेुपर्ने । व्यक्तिगत १२ प्रतिशत र संस्थाले नौं प्रतिशत व्याज तिर्ने शर्तमा युवा स्वरोजगार अन्तरगतको रकम वितरण गरिएको थियो । रातो कामी प्रदेशसभा सदस्य समेत भइसके तर उनले नेतृत्व गरेको संस्थाले लिएको साँवा र व्याँज तिर्न सकेको छैन ।

जिल्ला कृषि विकास बैंकले बेला बेलामा पत्र तथा जानकारी गराए पनि उनी सावा र व्याज तिर्ने कुरामा बेखबर जस्तै छन् । जनप्रतिनिधिहरुले नै रकम हिनामिना गर्न थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।
‘हामीले उहाँ (रातो कामी) लाई कार्यालयमा बोलाएर कुरा गरेका थियौं,’ एक कर्मचारीले भने, ‘उहाँले परियोजना सफल नभएको बताए ।’ उक्त ऋण तिर्ने भने बचन दिएको उनको भनाइ छ । कार्यालयले पत्रपत्रिका तथा स्थानीय रेडियोमा समेत सावा व्याज भुक्तानी गर्न सूचना प्रशासरण तथा प्रकाशन गरेको थियो ।

मौराखारा कृषक सहकारी संस्था लिमिटेडले हाल कृषि विकास बैंकमा चार लाख सावा र तीन लाख ८० हजार तीन सय १३ रुपयाँ व्याज तिर्न बाँकी छ । ऋण लिएदेखि उक्त सहकारी संस्था लिमिटेडले कुनै किस्तामा व्याज तथा सावा बैंकमा दिएको छैन ।

उनीसँगै यहाँका अन्य युवा व्यवसायहरुले सावा व्याज नतिरेको जिल्ला कृषि विकास बैंक लिमिटेड उपशाखा मुसीकोटले जनाएको छ ।

(नागरिक दैनिकबाट)

Leave a comment

Your email address will not be published.


*