20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

अछाममा जीविकोपार्जन सुधारका लागि ८५ लाख वितरण

          |   प्रकाशित मितिः शनिबार, पुस ८, २०७४     4:48:09 PM  | 339 पटक पढिएको   |  

अछाम – अछाममा जीविकोपार्जन सुधारका लागि झण्डैं ८५ लाख रकम वितरण गरिएको छ । जिल्लाका गरीब तथा निम्नवर्ग, समुदायमा बसोबास गर्ने अधिंकाश बासिन्दाहरुको जीवन स्तर सुधार गर्नका लागि ८५ लाख रकम वितरण गरिएको हो ।

नेपाल सरकार तथा वेलायत सरकारद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत ८५ वटा नागरिक सचेतना केन्द्रलाई एक–एक लाख रुपैंयाँका दरले ८५ लाख रकम वितरण गरिएको सामुदायिक विकास कार्यक्रम (सिडिपी) अछामले जनाएको छ ।

सामुदायिक विकास कार्यक्रम अन्तरगत सञ्चालित जीविकोपार्जन सुधार कार्यक्रमद्धारा सञ्चालित नागरिक सचेतना केन्द्रसँग आवद्ध सदस्यहरुको जीवन स्तर र आर्थिक उन्नतिका लागि उक्त रकम वितरण गरिएको सामुदायिक विकास तथा जीविकोपार्जन सुधार तथा सुशासन कार्यक्रम अछामका अधिकृत महेन्द्रबहादुर चन्दले बताए ।

चन्दले भने, ‘हामीले वितरण गरेको रकम कुनै कर्जा अर्थात् ऋण स्वरुप नभएर व्यावसाय एवं आयमुलक कार्यका लागि जिल्लाका ८५ वटा नागरिक सचेतना केन्द्रलाई एक–एक लाखका दरले ८५ लाख वितरण गरेका हौं ।’ यो रकमले उनीहरुले कृषि व्यवसाय, माछापालन, कुखुरापालन, बाख्रापालन, मौरीपालन, केराखेती, सुन्तलाखेती, स्याउखेती, च्याउखेती गर्न सक्ने अधिकृत चन्दले बताएका छन् । यसका साथै साना आयोजना, घरेलु, सिलाई, बुनाई जस्ता थुप्रै आय तथा सीपमुलक कार्यमा लगानी गरी सहजै जीविकोपार्जन गर्न सकुन भनेर यो रकम उनीहरुलाई नै हस्तान्तरण गरिएको अधिकृत चन्द बताउँछन् ।

अछाममा विगतका वर्षहरुमा यसको प्रभावकारीता र पारदर्शीतालाई मध्ये नजर गर्दै यो कार्यक्रम ल्याईएको हो । यो कार्यक्रमले जिल्लाका गरीब तथा निम्नवर्ग, समुदायको आयस्तर बढ्नुको साथै सहजै जीविकोपार्जन हुने स्थानीयको दाबी छ ।

सामुदयिक विकास कार्यक्रमले जीविकोपार्जन, भौतिक पूर्वाधार, सुशासन तथा विपद् ब्यवस्थापनको क्षेत्रमा काम गदै आएको छ । अछाममा एक सय ६१ बटा नागरिक सचेतना केन्द्र रहेका छन् । तीमध्ये ८५ वटा उक्त केन्द्रलाई यो पटक ८५ लाख रकम वितरण गरिएको छ । भने, बाँकी रहेका नागरिक सचेना केन्द्र परिपक्व तथा ब्यवसायिक योजना पश्चात् मात्र उक्त रकम वितरण गरिने भएको छ । यो कार्यक्रम साविकका १० वटा गाविसमा लागु गरिएको छ ।

संघिय संरचनाअनुसार जिल्लाका तीनवटा नगर तथा गाउँपालिका मध्ये ढकारी गाउँपालिका, तुर्माखाद गाउँपालिका र साँफे नगरपालिकामा यो कार्यक्रम लागु गरिएको छ ।

Leave a comment

Your email address will not be published.


*