23 June 2018|   शनिबार, असार ९, २०७५

जबरजस्ती लाइक गर्न लगाउने पोस्टहरु फेसबुकले हटाइदिने

          |   प्रकाशित मितिः बुधबार, पुस ५, २०७४     9:47:43 AM  | 93 पटक पढिएको   |  

फेसबुकले जबरजस्ती लाइक, शेयर वा कमेन्ट गर्न लगाउने खालका साइट र तस्बिरहरुलाई अबदेखि हटाउने बताएको छ । मानिसहरुको ध्यान केन्द्रित गराउन ‘यसलाई लाइक गर्दा २४ घन्टामै राम्रो खबर पाइन्छ’, ‘यी भगवान्को दर्शन गर्न एक शेयर वा यस्तो कमेन्ट गर्नुहोस्’ जस्ता पोस्टहरुलाई फेसबुकले हटाउने निर्णय गरेको बताएको छ ।

यस्ता पोस्टहरुले फेसबुकको दुरुपयोग  भन्दै हटाइदिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै धेरै प्रयोगकर्ताले पनि यससम्बन्धी गुनासो गरिरहेकाले यस्ता पोस्टलाई हटाउने निर्णय गरेको बताएको छ । त्यसैले सोमबारदेखि नै न्युज फिडबाट यस्ता किसिमका पोस्टलाई नदेखिनेगरी तल राखिने बताइएको छ । यति गर्दा पनि उनीहरुले लाइक, कमेन्ट र शेयर पाउन यस्तो तरिका अपनाएमा फेसबुकले तिनीहरुमाथि प्रतिबन्ध नै लगाइदिने चेतावनी दिइसकेको छ ।

यसबाहेक कतिपय पोस्टहरुले प्रयोगकर्तालाई विज्ञापनले भरिएका लिङ्कतर्फ लैजाने गरेकामा फेसबुकले गतसाता यस्ता पोस्टहरु राख्नमा निषेध गरिदिएको थियो । तर फेसबुकले यस्ता अनावश्यक सामग्रीलाई हटाउन गरिरहेको विभिन्न प्रयास कत्तिको फाइदाजनक साबित भइरहेको छ भन्नेबारे परिणाम आउन बाँकी नै छ ।

तर पनि फेसबुक प्रयोगकर्ताले कस्तो पोस्ट हेर्न पाउने वा नपाउने भन्नेमा फेसबुकको पूर्ण नियन्त्रण हुने भएकाले उनीहरुले अपनाएको यो तरिकाले त्यस्ता सामग्रीलाई धेरै कम गराउने अनुमान गरिएको छ । फेसबुकलाई सुरक्षित र अनावश्यक सामग्रीरहित बनाउन हालमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।

Leave a comment

Your email address will not be published.


*