23 June 2018|   शनिबार, असार ९, २०७५

मदन पुरसस्कार विजेता साहित्यकार झमक घिमिरेका दुई मुक्तक

          |   प्रकाशित मितिः मङ्लबार, पुस ४, २०७४     7:07:11 PM  | 90 पटक पढिएको   |  

मुक्तक

मुक्तक १

आफैं फाटेपछि मनको सियोले सिउँछु म ।
चाहनाका तरेलीहरू थाती राखि जिउँछु म ।
यात्राहरू हुन्छ केही सफल, केही असफल,
आफैलाई शान्त पार्न अलिकति पिउँछु म ।

मुक्तक २

जीवनमा सँगै हिड्ने वात गरौं ।
आऊ सधैं तलमाथि हात पारौं ।
मरेर लाने के नै छ र मानिसले,
बाँचुन्जेल एक अर्काको साथ भरौँ ।

मदन पुस्कार विजेता एवं साहित्यकार झमक घिमिरे धनकुटाकी हुन् । उनलाई जीवन काँडाकी फूल लेखे वापत मदन पुस्कार प्रदान गरिएको छ । जीवन काँडाकी फूल कृति बाहेक उनका थुप्रै कृति प्रकाशन भएका छन् । यसका साथै साहित्यकार घिमिरेले दर्जन बढी पुरस्कार पनि पाएकी छिन् ।

Leave a comment

Your email address will not be published.


*