23 June 2018|   शनिबार, असार ९, २०७५

विष्णुका हृदय विदारक गजलः नाङ्गो छाती भोको पेट

          |   प्रकाशित मितिः सोमवार, पुस ३, २०७४     6:28:19 PM  | 360 पटक पढिएको   |  

गजल

१.गजल

जन्म दियौं हुर्कार्इ दियौं टेक्न सिके आमा ।
टुटेको त्यो कलम दियौं लेख्न सिके आमा ।

पक्कै पनि आजमा हुन्थे होला अन्धकार,
कलमले नै कालो बादल छेक्न सिके आमा ।

सिक्थे होला धेरैमा विकृती र विसंगती,
बुद्धि विवेक दियौं मलाई लखेट्न सिके आमा ।

तिम्रो भाडा तिर्न सक्ने भईन सँधै टाढा भई ।
बुढेसकालमा दुःख मात्र देख्न सिके आमा ।

जन्म दिदा खोला रगत बगाएको नबिर्सिनु ।
तिम्लाई हेरि सारा पीडा भगाएको नबिर्सिनु ।

२.गजल

जन्म दिदा खोला रगत बगाएको नबिर्सिनु ।
तिम्लाई हेरि सारा पीडा भगाएको नबिर्सिनु ।

तिम्लाई संसार देखाउनलाई आफ्नो मृत्यु साँची राखी,
आफ्नो घाउमा आफै मलहम लगाएको नबिर्सिनु ।

कलकलाउँदो जवानीमा जीवन साथी गुमाएर,
तिम्रो निम्ति सारा रहर दबाएको नबिर्सिनु । ।

नाङ्गो छाती भोको पेट कसैको साहारा विना,
न्यानो काखमा च्यापि तिम्लाई तताएको नबिर्सिनु ।

समाजका अनेक थरि दोषहरू सहेर नी,
रात दिना रूदै तिम्लाई बढाएको नबिर्सिनु ।

-विष्णु विक सहकारी संस्था लिमिटेड जाजरकोटकी सञ्चालिका हुन् ।

1 Comment on विष्णुका हृदय विदारक गजलः नाङ्गो छाती भोको पेट

  1. Naresh pun chattan // December 19, 2017 at 8:46 am // Reply

    Gajab mitho man xune gajal ajhai nikharta rw tikharta xaos kamana xa sathy bishnu

Leave a comment

Your email address will not be published.


*