20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

सल्यानको कुमाख मालिका गाउँपालिका -४, को ७४ हजार राजश्व सङ्कलन

        मिसर कुमार आचार्य   |   प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०७४     6:26:48 PM  | 233 पटक पढिएको   |  

सल्यान – सल्यानको कुमाख मालिका गाउँपालिका -४, ले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आज (शुक्रबार) उक्त गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो ।

यसै आर्थिक वर्षको असोजदेखि मंसिर महिनासम्मको प्रगति विवरण सार्वजनिक गएिको कुमाख मालिका गाउँपालिका सल्यानले जनाएको छ ।

असोजदेखि मंसिर महिनासम्ममा ४३ वटा जन्म दर्ता, सातवटा ब्यवसाय दर्ता, १९ वटा नागरिता सिफारिस, आठवटा नाता प्रमाणित, १५ वटा बिबाह दर्ता, पाँचवटा राहत सिफारिस, सातवटा जीवन निर्वाह सिफारिस, १८ वटा विभिन्न प्रक्रियाका सिफारिस र योजना सिफारिस दर्ता गरिएको उक्त वडाका वडा अध्यक्ष तिलबीर बुढाले बताए ।

जसअनुसार संकलित राजश्व ७४ हजार ६ सय ६९ रुपैंयाँ रहेको अध्यक्ष बुढाले बताएका छन् । यसभन्दा पहिले भदौ ३१ गते गरिएको प्रगतिविवरणमा ८० हजार २ सय ५० रुपैयाँ राजश्व सङकल गरिएको थियो ।

गत असारदेखि मङ्सिर महिनासम्म कुल राजश्व १ लाख ५४ हजार ९ सय १९ सङकल गरि कुमाख मालिका गाउँपालिका -७, वटा वडा मध्ये ४ नम्बर वडामा सबैभन्दा बढी राजश्व सङकलन गर्ने वडामा रहेको छ ।

कुमाख मालिका गाउँपालिका -४, नम्बर वडाले वडा स्तरिय सामुदायिक वन उपभोक्ता समितिसँग अन्तरक्रिया, वडाका सम्पुर्ण व्यापारी सँग अन्तरक्रिया, विद्ययालको अनुगमन र विद्यार्थी, शिक्षक र अभिभावकसँग अन्तरक्रिया कार्यक्रमका गर्नुका साथै समाजलाई सुदृढ बनाउनको लागि मुल समाज सुधार समिति गठन गरि अन्तरक्रियात्मक टोल स्तरमा आयोजन गरिसकेको वडा अध्यक्ष तिलबिर बुढाले बताए ।

सबै सरोकारवालको सल्लाह सुझावलाई मनन् गर्दै तपाईहरुको सल्लाह सुझावले ४ नम्बर वडालाई नमुना वडा बनाउन सहयोग पुग्नेछ । आफू एक्लैले समृद्ध वडा बनाउन असम्भव रहेकोले कुमाख मालिका गाउँपालिकाका -४, नम्बर वडाका बासिन्दाहरुको साथ, सहयोग र रचनात्मक सल्लाह, सुझाव हरबखत पाउने अध्यक्ष बुढाले आशा व्यक्त गरे ।

वडा अध्यक्ष तिलबीर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा -४, नम्बर वडाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, बुद्धिजीवि, पत्रकार लगाएतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सन्चालन र सहजिकरण कुमाख मालिका गाउँपालिका -४, नम्बर वडाका वडा सचिब सुकदेब पुनले गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*